२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एकै रातमा जसपा फुट सदर, निर्वाचन आयोगले किन यति छिटो दियो प्रमाणपत्र


996
Shares

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टीको आधा प्रतिनिधि सभा सांसदले पार्टी फुटाएको भोलिपल्टै निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ । पार्टीको नाम पनि जसपा नै सदर गरेको छ ।

उपेन्द्र यादव अध्यक्ष रहेको पार्टीको नाम जसपा, नेपाल रहेको छ । अशोक राई नेतृत्वको दलको नाम जसपा मात्र छ ।

जसपा, नेपालले बहुमत सांसद र केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा रहेको भन्दै फुटाउन नमिल्ने जिकिर गरेको केही घण्टामै अशोक राई आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । यति हतारमा आयोगले दल दर्ता प्रमाणपत्र दिनुलाई अर्थपूर्ण मानिएको छ ।

सत्ता संघर्षको दौरान सत्तारुढ दल नै फुटेको छ । यसले अन्य दल पनि फुट्ने सम्भावनाहरु देखिएका छन् ।

प्रतिक्रिया