११ जेष्ठ २०८१, शुक्रबार | May 24, 2024

धर्म, कूटनीति र प्रजातन्त्रको सेरेफेरोमा भारतीय चुनाव


664
Shares

विपिन देवः भर्खरै चर्चित पत्रकार उल्पल कुमारले “भारत राइजीङ्ग” भन्ने पुस्तक सार्वजनिक गरेका छन् । उत्पल कुमारको विश्लेषण र संश्लेषण भारतको चुनावी भाष्यमा आधारित रहेको छ । सन् २०२४ को चुनावमा धर्म, कूटनीति र प्रजातन्त्रको त्रिकोणात्मक चर्चाले चुनावी भाष्यलाई प्रभावित गरेको छ । भारतीय स्वतन्त्रता उपरान्त चुनावी भाष्यमा धर्मनिरपेक्षताले यथेष्ठ ठॉउ लिएको थियो । सन् १९५१ को प्रथम आम र्निवाचनमा नेहरुले धर्म निरपेक्षतालाई चुनावी बहस बनाएका थिए । अर्थात् भारतको विविधता नै प्रजातान्त्रिक अभ्यासको धड्कन हो भन्ने नेहरुको ठहर थियो । एक धर्मको वाहुल्यता भए पछि भारत पनि पाकिस्तान जस्तै धार्मिक राज्यमा परिणत हुने नेहरुको तर्क रहेको थियो । उच्च स्तरका अधिकांश नेताहरू पश्चिमा बिख्यात विश्वविद्यालयबाट शिक्षित र दिक्षित भएकोले भारतलाई आधुनिकिकरण गर्न मन्दिरको ठाउ‘मा शोध संस्थान स्थापना गर्न बहस चलाएका थिए । तर सन् २०२४ को चुनावी भाष्यमा धर्म निरपेक्षतालाई अल्प संख्यको तुष्टिकरणको रूपमा व्याख्या गरिएको छ । सनातन धर्म आफैमा समावेशी रहेको मोदीको भाष्य रहेको छ ।

यस पृष्ठभूमी मोदीको चुनावी अभियानमा हिन्दुर्दशनको सेरोफेरोमा रहेको छ । योजनाहरूलाई समेत धार्मिक नामाकरण गरिएको छ । अयोध्या कोरिडोर, काशी कोरीडोर, महाकाल कोरीडोर, नभागी गंगे योजना जसता अनेकौं गुरूयोजनाहरू हिन्दु धर्म र संस्कृतीसंग जोडिएको छ । भारतमा उच्च स्तरका पाहुना र कूटनीतिज्ञहरूलाई दिने उपहार समेत मुर्ति र कलाकृती दिइने चलनको आरम्भ मोदीले गरेका छन् । इतिहासको आरोह र अवरोहमा हिन्दु सभ्यता र संस्कृतीलाई वचाउन वलिदान गर्ने विर र विरांगनाहरूको सम्मानमा “विर वाल दिवस” जसता अनेकौं कार्यक्रमको चर्चा चुनावी विर्मशमा देखिएको छ । संसारमा अनेकौं संस्कृति र सभ्यता विस्मृत अवस्था देखिएको छ । ग्रिक सभ्यतादेखि अनेकौं सभ्यताको गौरव गाथा इतिहासको पानामा मात्र भेटिन्छ । तर हिन्दु सभ्यता जिवित अवस्थामा भएकोले गर्दा यसको महत्व र प्रभावलाई अगाडि बढाउनु पर्ने दायित्व आधुनिक समाजको रहेको मोदीको चुनावी मुद्दा रहेको छ ।

“राम मन्दिर” को प्राण प्रतिष्ठाका साथै विभिन्न धार्मिक स्थलको पूर्ण निर्माणका लागि भारतीय जनता पार्टी अनुष्ठान गरेको कुरा मतदाता समक्ष जाहेर गरिरहेका छन् । विक्रम साम्पद जस्ता उच्च स्तरमा अनेकौं लेखकहरू हिन्दु संस्कृति र सभ्यतालाई आलोकित गर्न शोध उन्मुख भएका छन् । सनातन धर्म भन्नाले विविधतालाई संरक्षण गर्ने अभ्यास हो भने मोदीले चुनावमा अभियन्त्रित गरेका छन् । भारतीय चुनावी अभियानमा सनु २०१४ देखि सन् २०२३ सम्मको भारतले भारत प्राप्त गरेका कूटनीति सफलताको फेहिरिस्त जन-जनको मन-मनमा पु¥याउन भारतीय जनता पार्टीले आप्mना सम्पूर्ण संयन्त्रलाई परिचालित गरेका छन् । सन् २०१४ मा मोदी पहिलो कार्यकालको सपथ ग्रहण समारोरहमा दक्षिण एसियाका सबै राष्ट्र प्रमुखलाई निमन्त्रणा गरेर दक्षिण एसियाली र छिमेक प्रतिको नीतिलाई सार्वजनिक गरेको कुरा समेत चुनावी अभियानमा चर्चा गरेका छन् । कोरोना सूरु हुन वित्तिकै दक्षिण एसियाका राष्ट्र प्रमुखहरूसंग विद्युतीय माध्यमवाट सम्वाद गरेर कोरोना विरुद्ध महासंग्रामको शंखनाथ गर्न सरकारले अगाडि कढेको कुरा समेत चुनावी मुद्दामा उठान गरिएको छ ।

संसारमा सबभन्दा अभूतपूर्व रूपले जी ट्वेन्टीको आयोजना र अनुष्ठान गरेर भारतले कूटनीतिमा प्राप्त गरेको सार्मथ्यलाई समते चुनावी मुद्दा बनाइएको छ । भारतका ५० भन्दा बढि शहरहरूमा जी ट्वेन्टीको आयोजना गरेर एक लाख उच्च कोटीको पर्यटकहरूलाई समेत भारतीय संस्कृती र सौन्र्दयलाई सरकारले परिचित गराएको थियो । रसिया(युक्रेन युद्धको सेरोफेरो अमेरिका र पश्चिमा शक्रिको दवाव र प्रभावको बावजुत पनि राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर रसियासँग सस्तो दरमा उर्जा र इन्धन खरिद गरेर विकास दरमा तीव्रता दिएर भारतीय जनता पार्टीको सरकारले आफ्नो दायित्व पुरा गरेको कुरा चुनावी भाष्य बनाएका छन् । कोरानाको कहरमा, रसिया(युक्रेनको युद्धमा, सुडान र यमनको द्वन्दमा, इजरायल र हमासको संग्रामको विभिशिका भारतेलीहरूलाई मुक्त गराएर भारत फर्काउन सक्नुलाई मोदी सरकारले आफ्नो कूटनीतिमा सार्मथ्यको रूपमा भारतीय जनता पार्टीले सरकारको कोरोना कालको समेत उच्च मूल्याङ्कन गरेको देखिन्छ । कोरोनाको कहरमा विश्वको लागि औषधालय हुनु, १०० वटा मुलुकहरूमा कोरोनाको खोप उपलब्ध गराउनु र हरेक भारतेलीलाई विद्युतीय माध्यमको मद्दा खोप लगाउन सक्नुलाई सामथ्र्यको रूपमा चर्चा गर्दै उक्त उपलब्धिलाई चुनावमा पू‘जीकृत गर्ने अभियानको थालनी गरेका छन् ।

श्रीलङ्कालाई आर्थिक दिवालीयापनको संघारवाट जोगाउन सक्नु, बङ्गलादेशसंगको सीमा विवाद समाधान गर्न सक्नु, भुटान र नेपालसंग सहज सम्बन्ध हुनु र वालकोट र उटी जस्ता सैनिक कार्यकालवाट पाकिस्तानलाई दवावमा राख्न सक्नुलाई समेत चुनावी चर्चाका विषय बनाएका छन् । सन् २०१४ मा भारतीय सामरिक चिन्तकहरूको लागि भारत चीन सम्बन्ध महत्वपूर्ण अध्ययनको विषय भएका छन् । आलेख र पुस्तकहरू चीन केन्द्रित रहेको छ । भारतीय जनता पार्टीको सरकारले डोकलमदेखि गलवानसम्म चीनिया सेनालाई टसमस हुन दिएको छैन । चीनलाई दवावमा राख्न फिलिपिनस र भियतनालाई समेत बह्रमोस क्षेप्यास्त्र भारतद्वारा जडान गरिएको छ । समग्रमा भारतीय चुनावी भाष्यमा प्रजातन्त्रको प्रयोगले पनि यथेष्ठ ठाउ‘ पाएको छ । भारतीय राष्ट्रिय कङ्ग्रेस लगायत विभिन्न क्षेत्रीय पार्टीहरूले भारतीय जनता पार्टीवाट भारतको लोकतन्त्र र धर्मनिरपेक्ष खतरामा भएको आरोप रहेको छ । प्रतिउत्तरमा भाजपाको फरक चुनावी रणनीति रहेको छ । सन् २०२४ को आम निर्वाचनमा ९८ करोड मतदाताले भाग लिइरहेको छ भने सो मतदाताको लागि १० लाख मतदाता स्थल कायम गरिएको छ ।

मोदी सरकारले काश्मिर लगायत उत्रर पूर्वीय राज्यहरूमा समेत सफल चुनावी अभियान सञ्चालन गरेर अप्mनो प्रजातन्त्र प्रतिको जिम्मेवारीलाई प्रतयाभूत गरेको जिकिर गरेका छन् । विद्युतीय माध्यमवाट अधिकांशा सरकारी काम काज परिचालन गरेर पारदर्शिता र समावेशी प्रति सरकार संवेदनशिल रहेको कुरा जनतालाई अपिल गरेका छन् । उत्पल कुमारद्वारा लिखित पुस्तकले विभिन्न चुनावी भाष्यलाई समालोचनात्मक ढङ्गले प्रस्तुत गरेका छन् । विभिन्न भाष्यको प्रयोगले चुनावमा जनता जर्नादन जागृत हुन्छ । जागृत जनताले सरकारलाई कर्तव्य पथमा यात्रा गर्न अभिप्रेरित गर्दछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया