२९ पुस २०८१, सोमबार | January 13, 2025

नोटमा छैन युगपुरुषको तस्बिर, यो देशको महामानव को ?


166
Shares

काठमाडौं, २२ वैशाख । विश्वका कुनैपनि देशको नोट या सिक्कामा त्यो देशको निर्माण, स्वतन्त्रता जस्ता कार्यमा भूमिका खेल्नेको तस्बिर हुन्छ । अमेरिकामा जर्ज वासिङ्टन, अब्राहम लिंकन जस्ता व्यक्तित्वको विभिन्न दरका नोटमा तस्बिर देखिन्छ । भारतको नोटमा महात्मा गान्धीको तस्बिर भेटिन्छ ।

राजसंस्था भएका देशमा त्यहाँका राजाको तस्बिर रहन्छ । गणतन्त्र भएका देशमा दिवंगत भइसकेका महामानवको तस्बिर देख्न सकिन्छ । तर, नेपाल त्यस्तो देश हो जस्को कुनैपनि नोटमा महामानवको तस्बिर छैन । के त्यसो हो भने नेपालको निर्माण त्यत्तिकै भएको हो । के नेपालमा कुनै महामानव छैनन् ?

नेपालको एकीकरणकर्ता राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हुन् । उनको तस्बिर नोटमा राख्न सकिन्छ । तर, त्यसो गरिएन । उल्टै उनको शालिक ढाल्ने नियोजित गतिविधि भए ।

नेपालमा योगी नरहरिनाथ जस्ता महामानव जन्मिएर ठूलै योगदान गरे । तर, उनको तस्बिर पनि नोटमा राख्न सकिन्छ । त्यसो पनि गरिएन । नेपाल महामानव नै नभएको या राष्ट्रनिर्माता नै नभएको जस्तो गरी जनावर, हिमाल, पहाड, चरा राखेर मात्र नोट छापिने गरिएको छ ।

प्रतिक्रिया