९ माघ २०८१, बुधबार | January 22, 2025

प्रचण्ड सरकार ढल्ने, माधव नेपाल प्रधानमन्त्री बन्ने तयारीमा


4k
Shares

समाचार विश्लेषण । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमा वाकपटुता छैन । उनी उखान टुक्का भरेर अभिव्यक्ति दिदै श्रोतालाई मन्त्रमुग्ध पार्न पनि सक्दैनन् । माधव नेपालको व्यक्तित्व बोल्ड पनि छैन । तर, लामो समय एमालेको नेतृत्व गरेका नेपाल प्रधानमन्त्री सम्म बन्न सके ? उनीसँग केही क्षमता त पक्कै छ । त्यो हो व्यवस्थापकीय क्षमता र गोपनीयता कायम गर्न सक्ने क्षमता ।

माधव नेपालको कुशल व्यवस्थापनले आजको एमाले सांगठनिक रुपमा मजबुत छ । तर, अहिले त्यसको लाभ केपी ओलीले लिइरहेका छन् । ओलीले माधव नेपाललाई परैसम्म धकेलिदिए ।
प्रचण्ड नेतृत्वको सरकार निर्माणमा नयाँ गठबन्धन बन्दा माधव नेपाल सन्तुष्ट छैनन् । उनले त्यस कारण कडा अभिव्यक्ति दिइरहेका छन् । उनलाई अलमलाउने गरी प्रचण्ड र ओलीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नदिन अनेकन खेल खेले । सरकार नै ढल्नसक्ने देखेपछि प्रचण्ड र ओली ब्याक भए । अहिले फेरि प्रचण्ड र ओली नेता नेपाललाई पेल्ने र अलमलाउन खोजिरहेका छन् । त्यसको जवाफ नेपालले कडा रुपमा दिइरहेका छन् ।

विद्या भण्डारीलाई पूर्वप्रधानमन्त्रीहरु बोलाएर एमालेले सम्मान दिन खोज्दा माधव नेपाल अनुपस्थित रहे । कसैको दास होइन भने र दुई पटक संसद विघटन गर्नेलाई सम्मान दिन नसक्ने अभिव्यक्ति दिन लगाए आफ्ना विश्वासपात्रमार्फत् ।

अहिले माधव नेपाल प्रधानमन्त्री बन्ने दाउमा छन् । उनलाई गठबन्धनभित्र कम्तिमा एक वर्षका लागि प्रधानमन्त्री दिने आश्वासन दिइएको छ । तर, यसमा धोका हुने छाँटकाँट देखिइसकेका छन् । त्यसैले नेपालले धोकाधडीप्रति सजग हुने बताइसकेका छन् । उनले नयाँ गठबन्धनको पहल थालिसकेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट बाक्लो बनाएका छन् । ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्ला कि भन्ने पीर परिरहेको बताए । यसले राजनीतिलाई तरंगित पारेको छ ।

परिस्थित अनुकूल भएमा वैशाखमै सरकार ढाल्ने खेलहरु चलिसकेको छ । माधव नेपालले उपेन्द्र यादवलाई भेटेर कुरा मिलाइसकेका छन् । गठबन्धन नयाँ बनाउन राप्रपाको पनि साथ चाहिन्छ । तर, राजेन्द्र लिङ्देनको भरोसा मिलेको छैन । लिङ्देनलाई ओलीले फकाइरहेका छन् । राप्रपाभित्र कुरा मिलेमा सरकार ढल्ने अवस्था बनेको छ ।

माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव देउवाले गरिसकेका हुन् । तर, रवि लामिछाने नेतृत्वको रास्वपाको ओलीसँगको निकटता र राप्रपा पनि ओलीकै साथमा बढी देखिन गरेकाले परिस्थिति अनुकूल बनेको छैन । राप्रपाबाट ग्रीन सिग्नल आएलगत्तै माधव नेपाल प्रधानमन्त्रीको कुर्सीमा पुग्नेछन् ।

प्रतिक्रिया