सुहाङ मतान्तर बढाउँदै

काठमाडौं, १७ वैशाख । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् । सुहाङले १० हजार मत कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेका डम्बर बहादुर खड्काले ६९४४ मत पाएका छन् ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बूले ५५९१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १४४३ मत ल्याएका छन् ।