१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गेष्ट हाउसमा महिला र पुरुष मृत फेला


913
Shares

काठमाडौं,११ वैसाख । जनकपुरको रामानन्दचोकस्थित एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । होटल होलिडे गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महोत्तरीको पिपरा–३ का हितेन्द्र पासवान र माइत पिपरा भएकी लोहारपट्टी–४ खट्टाकी प्रियंका कापर झुण्डिएको अवस्थामा फेला परेका हुन् । होटलको एउटा कोठा भित्रबाट बच्चा रोइरहेको आवाज आएपछि आज बिहान ११ बजेतिर झ्यालबाट हेर्दा २ जना झुण्डिएको देखेपछि सञ्चालकहरुले प्रहरीलाई खबर गरेका थिए । ति महिलाको साढे २ वर्षकी छोरी छिन ।

एक बालिकासहित ३ जना ४ दिनदेखि सोही होटलमा बस्दै आएका थिए । स्थानीयका अनुसार ती पुरुषका ४ र महिलाका १ सन्तान रहेको खुलेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया