रवि लामिछानेको राजीनामा काँग्रेसको बटमलाइन

काठमाडौं, ४ वैशाख । नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामालाई बटमलाइन बनाएको छ । काँग्रेसले लामिछानेको राजीनामालाई जोडदार रुपमा उठाउने समेत स्पष्ट पारेको छ ।
काँग्रेस नेता रमेश लेखकले सहकारी ठगी प्रकरणमा लामिछानेको राजीनामा आफूहरुको बटमलाइन भएको बताए । उनले नैतिकताका आधारमा लामिछानेले राजीनामा दिनुपर्ने तर्क गरे ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानविन गर्न काँग्रेसले संसदीय छानविन समितिको माग गरेको छ ।