३१ भाद्र २०८१, सोमबार | September 17, 2024

संसदबाहिर भिड्ने भए दलहरु


498
Shares

काठमाडौं, २ वैशाख । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय लिएको छ । योसँगै दलहरुबीच संसदमा रहेको टकराव फैलिएर बाहिर पुगेको छ ।

नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको संसदीय छानविन समितिको शर्त राखेर संसद अवरुद्ध गर्दै आएको छ । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि जोडिन पुग्यो ।

संसद अवरुद्ध जारी रहेपछि प्रचण्ड नेतृत्वको सरकारले पनि कठोर निर्णय गरेको छ । यसको काँग्रेस सभापति शेरबहादुर देउवाले आलोचना गरेका छन् ।

नयाँ गठबन्धन गरेपछि प्रचण्डलाई नेपाली काँग्रेसलगायत दलहरुले अप्ठ्यारो पार्दै आएका छन् । नेकपा एमालेले पनि सरकारमा रहेर रणनीतिक चार्तुयता देखाइरहेको छ ।
अहिलेको घटनाक्रमले संसदबाहिर सत्तापक्ष र प्रतिपक्ष भिड्ने देखिएको छ । देशमा नयाँ ध्रुवीकरण पनि हुने निश्चित छ ।

संसदबाहिर भिड्ने भनेको सडक नै हो । सडकमा अब अवरोध र विरोधहरु देखिने संकेतहरु मिलेको छ ।

प्रतिक्रिया