३ आश्विन २०८१, बिहिबार | September 19, 2024

२०३० भित्र शतप्रतिशत विद्युतीय सवारी भारतको लक्ष्य, प्लान्ट राख्न मोदीसँग मस्कले भेट्ने


249
Shares

एजेन्सी, २९ चैत्र । भारतले २०३० भित्र शतप्रतिशत विद्युतीय सवारी सञ्चालनको लक्ष्य राखेको छ । तेल आयात गरेर वर्षेनी खरबौं डलर भारतबाट बाहिरिइरहेपछि उसले विद्युतको अत्याधिक प्रयोगलाई लक्ष्य राखेको छ ।

भारतले रेल क्षेत्रमा लगभग विद्युतको पूर्ण प्रयोग गरिसकेको छ । अब उसको लक्ष्य सडकमा गुड्ने सवारी साधनलाई विद्युतीय बनाउने लक्ष्य छ ।

भारतमा विद्युतीय सवारीको प्लान्ट राख्नेबारे अमेरिकी कम्पनी टेस्लाले निर्णय लिइसकेको छ । अब उसले चाँडै प्लान्ट राख्दैछ ।

टेस्लाका मालिक इलोन मस्क भारत पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने ट्वीटमार्फत् सार्वजनिक गरेका छन् ।

टेस्लाले ३ अर्ब डलर भारतमा लगानी गर्दैछ । टेस्लाको कार न्यूनतम २५ लाख भारुमा विक्री गर्ने लक्ष्यबारे समेत खुलाइएको । प्रत्येक वर्ष ५ लाख विद्युती सवारी टेस्लाले उत्पादन गर्ने जनाइएको छ । यसबाट वर्षेनी दशौं हजार रोजगारी सृजना हुने बुझिएको छ ।

प्रतिक्रिया