३ आश्विन २०८१, बिहिबार | September 19, 2024

जनजाति विद्यार्थीलाई गाँस, बास, कपाससहित पढाई खर्चको ओइरो


498
Shares

काठमाडौं, २५ चैत्र । शनिबार जनजाति कल्याण आश्रमले १२औं वार्षिकोत्सव मनायो । सुरुमा २ जना जनजाति विद्यार्थीलाई गाँस, बास, कपास र पढाईमो व्यवस्था गरी सञ्चालन भएको आश्रम निकै विस्तार भइसकेको छ । काठमाडौं उपत्यका, झापाका अलावा विभिन्न जिल्लामा आश्रमका भवन बनिसकेका छन् ।

दाताको जग्गा र आर्थिक सहयोगमा आश्रम बनिरहेको छ । देशभित्रकै नागरिकको सहयोगमा आश्रम चलिरहेको छ । शनिबार आश्रमको वार्षिकोत्सवमा रामायण धारावाहिककी सीता विशेष अतिथि बनेकी थिइन् । उनले पनि जसलाई मद्यत चालिएको हो उसलाई मद्यत गर्नुपर्ने बताइन् । मद्यत गर्दा एक हातले गरेको अर्को हातले थाहा नपाओस् सम्म भनिन् ।

आर्मी अफिसर्स क्लबमा भएको वार्षिकोत्वसमा सहयोगका घोषणाहरु भए । आश्रमका बालबालिकालाई वर्षभरको सहयोगको घोषणाहरु भए । विभिन्न व्यक्तिहरुले आफ्नो तर्फबाट घोषणा गरिरहँदा माहोल नै फरक भएको थियो ।

हरेक बालबालिकाको वार्षिक खर्च २५ हजार राखिएको छ । एक देखि १५ विद्यार्थीसम्मलाई वर्षभरको खर्च व्यहोर्ने घोषणाहरु भए ।

जनजाति कल्याण आश्रममा झण्डै ५ सय विद्यार्थी रहेका छन् । साँढे सात सय विद्यार्थीको बस्ने, खाने र पढाई हुने क्षमता रहेकोले त्यति संख्याका लागि दाता खोजिएको छ । लगभग त्यति संख्या पुग्दै गरेको बुझिएको छ ।

प्रतिक्रिया