२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

चीनले विदेशीका लागि खोल्यो सगरमाथा आरोहण


996
Shares

काठमाडौं, २२ चैत्र । चीनले विदेशीका लागि सगरमाथा आरोहरणको अनुमती खोलेको छ । कोरोना भाइरसको महामारीपछि चीनले पहिलोपटक विदेशी आरोहीका लागि अनुमती खोलेको हो ।

चीनले आरोहण खोलेपछि यस सम्बन्धी संस्थाहरु तिब्बततर्फबाट सगरमाथा आरोहणमा सक्रिय भएका छन् ।

सगरमाथा आरोहरण बढी नेपालतर्फबाट हुनेगर्छ । नेपालले विदेशी पर्वतारोहीका लागि भीसा सहज बनाएको छ । तर, चीनले निकै कडा नीति लिने गर्छ । तर, चीनले सगरमाथा आरोहरणमा आकर्षण बढाउने गरी नीति ल्याउँदैछ । यसले नेपालको पर्वतारोहण क्षेत्रमा असर पर्न सक्छ ।

नेपालले पर्वतारोहणबाट दशौं करोड वर्षेनी आम्दानी गर्छ । नेपाली पर्वतारोही र त्यससँग सम्बन्धित संस्था सगरमाथालगायत विभिन्न हिमाल आरोहणबाट लाभान्वित छन् । यसले पर्यटन उद्दोगलाई निकै फाइदा पुगेको छ ।

प्रतिक्रिया