३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाली भाषा माँस्ने इम्बोस्ड नम्बर प्लेटको भुक्तानीको कमिशनमा लागेका यी पात्र


664
Shares

काठमाडौं, २० चैत्र । नेपाली भाषा माँस्ने ग्रान्डडिजाइनमा ल्याइएको इम्बोस्ड नम्बर प्लेटमा दलका प्रभावशाली नेता, कर्मचारी देखि भ्रष्ट न्यायाधीशहरुलाई पनि सेटिङ गरिएको खुलिरहेको छ । यतिसम्मकी इम्बोस्ड नम्बर प्लेटको भुक्तानी लिन यातायात व्यवस्था विभागका महानिर्देशक नै इम्बोस्ड माफियाले लान्थे । जो भुक्तानी दिन आनाकानी गर्थे तिनको सरुवा हुन्थ्यो ।

एउटा घटना छ । यातायातका तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ठेकेदार कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको भुक्तानी दिन यातायात व्यवस्था विभागका महानिर्देशक ९डिजी०लाई बारम्बार दबाब दिए । अमेरिका र बंगलादेशी संयुक्त कम्पनीे डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटलाई इम्बोस्डको साढे ४ करोड भुक्तानी दिन यातायातका डिजीलाई मन्त्री क्वार्टरदेखि मन्त्रालयसम्म बोलाएर ती मन्त्रीले निकै ‘प्रेसर’ गरेका थिए । तर, तत्कालीन ती डिजीले ठेकेदार कम्पनीलाई इम्बोस्डको भुक्तानी दिन अस्वीकार गरे । उनले आफूलाई यातायातबाट तत्काल सरुवा गरिदिन आग्रह गरे । केही समयपछि ती डिजीको यातायातबाट सरुवा भयो ।

ठेकेदारले भुक्तानी दिएबापत २० प्रतिशत कमिसन दिन्छु भन्दा समेत ती डिजीले भुक्तानी नदिई रमाना लिएर हिँडे । त्यसपछि आएका तिजीले तत्काल ठेकेदारलाई इम्बोस्डको भुक्तानी दिए । २० ‘प्रतिशत कमिसन आउछ भनेपछि आफूलाई यहाँ ठूलै गडबड छ भन्ने लाग्यो ।’,तत्कालीन ती डिजीले भने, ‘इम्बोस्डमा ठूलो बदमासी छ । एकदिन बदमास सबै जान्छन् । म चाहिँ निजी फाइदाका लागि यस्तो राष्ट्रघाती काममा लाग्दिन भनेर त्यहाँबाट हिँडे ।’,

भुक्तानी दिन दबाब दिने मन्त्री फेरि मन्त्री बनेका छन् । इस्बोस्ड नम्बर प्लेटमा भ्रष्टाचार भएको विषयमा अख्तियारले छानबिन थालेको छ । आवश्यक पूर्वाधार नबनाइ इम्बोस्ड नम्बर प्लेटमा झन्डै १ अर्ब भुक्तानी भएको छ । देशमाथि ठूलै घात भएको छ यसमा । यातायातका कर्मचारीदेखि सचिवरमन्त्रीसम्म इम्बोस्डमा कमिसनको खेलमा लागेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार इम्बोस्ड नम्बर प्लेटको भुक्तानीको अनियमिततामा यातायातका पूर्वमहानिर्देशकहरू रूपनारायण भट्टराई, गोगनबहादुर हमालदेखि डा। टोकराज पाण्डेसम्म संलग्न छन् । रूपनारायण भट्टराई, गोगनबहादुर हमाल, डा। टोकराज पाण्डे, सुरेश राउत, नारायणप्रसाद भट्टराईलगायतका तत्कालीन डिजी इम्बोस्डको भुक्तानी जोडिएका हुन् । उनीहरुको पालामा इम्बोस्ड नम्बर प्लेटको करोडौं भुक्तानी भएको थियो । यसमा ठूलै कमिशनको खेल भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अहिलेका डिजी उद्धवप्रसाद रिजालले समेत एलसी खोलेर भुक्तानी दिन प्रक्रिया अगाडि बढाएका छन् । तर, अख्तियारले पत्र काटेपछि दिने प्रक्रियामा रहेको ५ करोड रुपैयाँ भुक्तानी बाटैमा रोकिएको छ । यसले इम्बोस्ड नम्बर प्लेटका माफियाहरुलाई समस्यामा पारेको छ । उनीहरु भित्र भित्र नयाँ खेलमा सक्रिय भइसकेका छन् ।

इम्बोस्ड नम्बर प्लेटमा मुख्य पात्र प्राविधिक उपसचिव रामचन्द्र पौडेल हुन् । हरेक भुक्तानीमा उनी जोडिएका छन् । इम्बोस्ड भुक्तानीमा २० प्रतिशत कमिसन आउने भएकाले जोखिम मोल्न तयार हुने कर्मचारी त्यसमा लागि हाल्छन् । तर, देशको भाषा नै लोप बनाउने ग्रान्डडिजाइनका मतियारहरु अर्बको खेलमा लागेको खुलिसकेको छ । जो जो यो खेलमा लागे उनीहरु अख्तियारको फन्दामा पर्ने भएका छन् । इम्बेस्ड नम्बर प्लेटका मतियारहरु धमाधम जेल जाने गरी अख्तियारले तयारी गरेको बुझिएको छ ।

 

प्रतिक्रिया