३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्डले देउवा र ओलीलाई पालैपालो खेलाए


7.2k
Shares

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि आफ्नो राजनीतिक चार्तुयता प्रदर्शन गरेका छन् । राजनीतिमा धोका र साथ जुनसुकैबेला जसलाई पनि हुनसक्ने सन्देश दिदै सत्ता गठबन्धन नै बदल्ने भएका छन् ।

प्रचण्डले रातारात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाइसकेका छन् । ओलीले सत्ताबाहिर रहनुभन्दा बरु प्रचण्डलाई २०८४ सम्म प्रधानमन्त्री पद दिन तयार भएको बुझिएको छ ।

२०७९ को चुनावपछि प्रधानमन्त्री बन्न काँग्रेस सभापति शेरबहादुर देउवाको साथ छाडेर प्रचण्ड ओलीसँग बालकोटको बार्दलीमा हात मिलाउन पुगेका थिए । तर, दुई महिनामै फेरि राष्ट्रपति कस्ले पाउने बारे विवाद भएपछि फर्किए देउवाकै बुढानिलकण्ठ ।

सत्ता राजनीतिक एक वर्षमै रोचक मोडमा पुगेको छ । गठबन्धनमा भएको भद्र सहमति अनुसार प्रचण्ड अझै १० महिना प्रधानमन्त्री हुने तय थियो । तर, बीचमै गठबन्धन तोड्ने निर्णयमा पुगेका छन् प्रचण्ड ।

राष्ट्रिय सभा अध्यक्ष प्रचण्डको दल माओवादीलाई मिल्ने भएको छ यसवापत् । राष्ट्रिय सभामा पनि माओवादी सबैभन्दा ठूलो दल भइसकेको छ काँग्रेससँगको गठबन्धनबाट । एमाले तेस्रो स्थानमा धकेलिएको छ ।

सत्ताको रणनीतिक खेल खेल्दै प्रचण्डले शक्ति सञ्चय गर्दै गएका छन् । देशको महत्वपूर्ण निकायमा आफूनिकटस्थहरुलाई स्थापित गरेका छन् । विरोधीलाई ठेगान लगाइसकेका छन् ।

प्रचण्डले प्रतिनिधिसभामा ३२ सिटको तेस्रो दल बनेर काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खेलाइरहेका छन् । उनले यसरी नै राजनीतिक अस्थिरतामा आफ्नो प्रभाव बनाएर सत्ताको स्वाद लिइरहेका छन् ।

प्रतिक्रिया