२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चीनको बीआरआई किन अड्कियो


249
Shares

काठमाडौं, १३ चैत्र । चीनको रणनीतिक परियोजनाको ब्रिक एण्ड रोड इनिसिएटिभ बीआरआई सम्बन्धी सम्झौता भएको ७ वर्ष भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा यो सम्झौता भएको थियो । तर, परियोजना अझै कार्यान्वयनमा आएको छैन ।

चीनले सम्झौता कार्यान्वयनका लागि हस्ताक्षरमा दबाब दिदै आएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण अघि यससम्बन्धी छलफल भई हस्ताक्षर गर्ने सहमतिको प्रयास भएको थियो सत्ता गठबन्धनमा । तर, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले हस्ताक्षर रोक्न वाध्य पारे ।

एमालेका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री रघुवीर महासेठले बीआरआई अनुदान हुनुपर्ने अडान राखेका थिए । लामिछानेको पनि यसैमा जोडबल थियो ।

बीआरआई अनुदानमा दिन चीन तयार छैन । ऋणमा परियोजना लिन नेपाल तयार छैन । यसले पनि समस्या खडा गरेको छ ।

बीआरआई अन्तर्गत जलविद्युत, विश्वविद्यालय लगायतका परियोजना निर्माणको तयारी थियो । तर, ऋण नलिने र चीन ऋण लाद्न खोज्ने विषयले अड्किएको छ बीआरआईमा ।

प्रतिक्रिया