२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पुटिनले मस्को आतंकवादी हमलामा युक्रेनमाथि औंला तेर्साए


498
Shares

एजेन्सी, १३ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा भएको आतंकवादी हमलामा युक्रेनमाथि औंला तेर्साएका छन् । उनले युक्रेन सम्भावित दोषी रहेको भन्दै औंला तेर्साएका हुन् ।

मस्कोको क्रकस सिटी हलमा भएको आतंकवादी हलामा इस्लामिक अतिवादी संगठन आइएसको संलग्नता रहेको भनिएपनि त्यसमा युक्रेन र उसका सहयोगी देशहरु नै संलग्न रहेको पुटिनको आरोप छ । रुसी समाचार एजेन्सीका अनुसार पुटिनले सुरक्षा निकायका अधिकारीहरुसँग अतिवादी मुस्लिम संगठन हमलामा प्रत्यक्ष संलग्न रहेको भनेका छन् ।

अमेरिका र उसका सहयोगी देशहरु मस्को हमलामा युक्रेनको कुनै संलग्नता नरहेकोमा जोड गरिरहेको भन्दै आफूहरुलाई हमलाबारे जानकारी भएको उल्लेख गरेका छन् । हमला निकै योजनावद्ध भएको र यसको विना राजनीतिक पूर्वाग्रह अनुसन्धान हुने समेत बताए ।

१३० भन्दा बढी मारिनेगरी मस्कोमा शुक्रबार राति आतंकवादी हमला भएको थियो । हमलामा प्रत्यक्ष अप्रत्यक्ष संलग्नहरु पक्राउ परेका छन् ।

प्रतिक्रिया