३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाल-भारत साँस्कृतिक सम्बन्ध होलीको पूर्वसन्ध्यामा लोकनृत्यु र ओडिसी नृत्य आयोजना


332
Shares

पोखरा, १० चैत्र । नेपाल र भारतको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा दुवै देशको नृत्य कार्यक्रम आयोजना भएको छ । नेपाली लोक नृत्यु र भारतीय शास्त्रीय ओडिसी नृत्य प्रस्तुत गर्दै साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे । भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे ।

श्रितकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको थियो ।

लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गरे । उनलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए ।

बाराही घाट लेकसाइड पोखरामा आयोजित उक्त कार्यक्रममा ५०० भन्दा बढी मानिसको उपस्थिति थियो ।

काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले चैत्र ९ गते काठमाडौंमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो । टोलीले चैत्र ११ गते लुम्बिनी, चैत्र १३ गते वीरगंज र चैत्र १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया