बिनोद चौधरी पक्राउ पर्ने

काठमाडौं, ७ चैत्र । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी पक्राउ पर्ने भएका छन् । उनलाई पक्राउ गर्न सीआइबीले प्रक्रिया बढाइसकेको छ ।
सीआइबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको काण्डमा चौधरीलाई पक्राउ गर्न प्रक्रिया बढाएको हो । चौधरीलाई पक्राउ गर्न सीआइबीले सभामुख देवराज घिमिरेलाई पत्र समेत लेखेको बुझिएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गाकाण्डमा वसन्त चौधरीसँग पनि सीआइबीले बयान लिइसकेको छ । यसअघि अरुण चौधरीलाई पनि पक्राउ गरी सीआइबीले मुद्दा दायर गरेको थियो ।