६ आश्विन २०८१, आइतबार | September 22, 2024

साहित्यकार परशु प्रधानको महाप्रस्थान


332
Shares

काठमाडौं, ६ चैत्र । वरिष्ठ साहित्यकार परशु प्रधानको सोमबार राति निधन भएको छ । प्रधानको नयाँबानेश्वरस्थित निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार हुँदैछ ।

८० वर्षीय प्रधान नेपाली साहित्यमा कथाकारका रुपमा प्रख्यात छन् । परशु प्रधानका फेरी आक्रमण, बक्ररेखा, यौना अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, उत्तरार्धलगायत कथासंग्रह प्रकाशित छन् । प्रधानका बालकथामध्ये नानीको कथा, सुनको छातीलगायत चर्चित छन् ।

२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले १६ वर्षकै उमेरबाट साहित्य साधनामा लागेका थिए । २०१६ सालबाट प्रशासनिक सेवामा रहँदै आएका प्रधानले राष्ट्रिय समाचार समिति र साझा प्रकाशनमा पनि सेवा गरे ।

परशु प्रधानकी धर्मपत्नी कल्पना प्रधान पनि साहित्यकार हुन् । उनका दुई छोरामध्ये प्रतिक प्रधान पत्रकारितामा सक्रिय छन् भने प्रतिबोध व्यवसाय गर्छन् ।

प्रतिक्रिया