३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सुनकाण्डमा पूर्वसभामुख महरा पक्राउ


664
Shares

काठमाडौं, ५ चैत्र । सुनकाण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

सुन तस्करीमा मुछिएका महराबारे सीआइबीले छानविन गर्न पक्राउ गरेको बुझिएको छ । उनलाई पक्राउ गर्न प्रधानमन्त्री प्रचण्ड समेत सहमत भएपछि प्रहरी अगाडि बढेको हो ।

गृहमन्त्री रवि लामिछानेले सुनकाण्डको छानविन गर्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका थिए । प्रचण्डले पनि महरा पक्राउ गर्ने विषयमा ग्रीन सिग्लन दिएका छन् ।

महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परिसकेका छन् ।

गृहमन्त्री लामिछाने स्वयं सहकारी ठगी प्रकरणमा मुछिएपछि घटनालाई अन्यत्र मोड्न सुनकाण्ड उचालिएको विषय पनि उठिरहेको छ । सुनकाण्डमा माओवादीका प्रभावशाली नेता तथा उनीहरुका सन्तान मुछिएका छन् ।

प्रतिक्रिया