५ माघ २०८१, शनिबार | January 19, 2025

कमलपोखरी माँसेर छायाँ सेन्टर बनाउने गिरोहको रविको दलमा घूसपैठ, सीआइबीले पक्राउ गर्न लाग्दा अर्कै खेल


1.7k
Shares

काठमाडौ), ४ चैत्र । ठमेलस्थित ऐतिहासिक कमलपोखरी माँसेर बनाइएको छायाँ सेन्टरमा ठूलै गिरोहको संलग्नताबारे खुलस्त भइसकेको छ । छायाँ सेन्टर बनाउने गिरोहबारे एआइजी किरण बज्राचार्य निर्देशक रहेको सीआइबीको टोलीले छानविन गरी पक्राउको तयारी गर्न लागेको थियो । प्रमाणहरु सबै एकठ्ठा गरिएका थिए । तर, बज्राचार्य गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तिलगत्तै सुन तस्करी काण्डमा मुछिएर हेडक्वार्टर तानिइन् ।

लामिछानेको तारोमा बज्राचार्य परेको विषय अहिले सतहमा आउन थालेको छ । यसको कारण हो छायाँ सेन्टर जसका लगानीकर्ताको रास्वपामा बोलवाला चल्ने गरेको छ ।

रास्वपाबाट नुवाकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचन लडेका सुमन पाँडे मार्केटिङ डाइरेक्टर हुन् । सुमन पाँडेले छायाँ सेन्टरको गिरोहको आपराधिक कार्य लुकाउने जिम्मेवारी लिदै आएका छन् ।

छायाँ सेन्टर बनाउन लगानी गर्नेमा बैंकर पृथ्वीबहादुर पाँडे देखि पूर्वअर्थमन्त्री डा. रामशरण महत र उनको परिवार, पूर्वसेनापति प्रज्ववल शमशेर जबरालगायत देशका संभ्रान्तहरुको एउटा समूह नै छ ।

छायाँ सेन्टरको विषय निकै विवादमा परेकाले यो गिरोहको घूसपैठ विभिन्न दलमा छ । नेपाली काँग्रेस, नेकपा एमाले हुँदै रास्वपामा पनि उनीहरुको घुसपैठ छ । लामिछानेले छायाँ सेन्टरबारे अनुसन्धान अगाडि बढाउने सम्भावना यसकारण पनि देखिदैन ।

प्रतिक्रिया