किन बढ्दै छ बाल-मानसिक रोग ?
लक्ष्मण अधिकारी । काठमाडौंको एउटा स्कुलले कपाल लामो पारेर आएको भन्दै स्कुलमै एकजना विद्यार्थीको कपाल काटिदिएछ । सजायस्वरुप स्कुलमै साथीहरुका अगाडि कपाल काटिदिएपछि उसले अपमान बोध ग(यो । त्यसपछि ऊ स्कुल नै जान छाड्यो । यो एक वर्षअघि भएको एकजना नर्सको छोरासँग सम्बन्धित घटना हो ।
बाल–मनोचिकित्सकलगायत परिवारका सदस्यको लगातारको काउन्सिलिङ पश्चात् ६ महिनापछि बल्ल सो बच्चा स्कुल जान थाल्यो । अहिले बच्चा स्कुल जान थालेकाले समस्या समाधान भएको देखिए पनि त्यो घटनाले बच्चालाई दीर्घकालसम्म असर गरिरहने बाल–मनोचिकित्सकको भनाइ छ । स्कुल जाने उमेरका बालबालिकामा विविध कारणले मानसिक रोगको समस्या देखिने गरेको छ र अहिले यसको संख्या बढ्दै पनि छ ।
‘बालबालिकामा मानसिक समस्या देखिनुको एउटा प्रमुख कारण स्कुलको प्रतिकूल वातावरण जिम्मेवार रहेको छ भने आफ्नै घरको वातावरण पनि बालबालिकाको मानसिक रोगको एउटा प्रमुख कारण बनिरहेको’ कान्तिबाल–अस्पतालका वरिष्ठ बाल–मानसिक रोग विशेषज्ञ डा। अरुणराज कुँवरको भनाइ छ ।
यी र यस्तै कारणले गर्दा नेपालका करिब ३० लाखभन्दा बढी बालबालिका कुनै न कुनै प्रकारको मानसिक रोगको सिकार भइरहेका छन्, तर रोग पहिचान गर्ने र उपचार गर्ने संयन्त्र भने ज्यादै कमजोर अवस्थामा रहेका छन् । अन्तर्राष्ट्रिय अध्ययनहरु अनुसार १० देखि १५ प्रतिशत बालबालिकामा कुनै न कुनै किसिमको मानसिक समस्या हुन्छ भनेर देखाइएको छ ।
बाल–मानसिक रोगका सम्बन्धमा नेपालमा कार्यरत चिकित्सकहरुले गरेको अध्ययनमा १५ देखि १८ प्रतिशत बालबालिकामा भावनात्मक एवं बानी–व्यहोरासम्बन्धी समस्या भएको हुन्छ भन्ने निष्कर्ष निकालिएको छ । यो अध्ययन १० जिल्लाका ४४ सय बालबालिकामा गरिएको थियो ।
बाल–मानसिक रोग विशेषज्ञ डा। अरुणराज कुँवर यो अध्ययनबाट पाइएका तथ्यहरुको आधारमा भन्नुपर्दा बाल(मानसिक रोगको समस्या नेपालमा पनि निकै गम्भीर भएकोले यसका लागि प्रभावकारी बाल(मानसिक स्वास्थ्य सेवाको आवश्यकता पर्ने बताउनुहुन्छ । उहाँका अनुसार यो समस्या हेर्दा केही नै होइन जस्तो लाग्न सक्छ, तर यो गम्भीर विषय हो ।
बालबालिकाको मानसिक स्वास्थ्य समस्याका बारेमा नेपालमा भर्खरै मात्र अनुसन्धान र छुट्टै उपचार सेवाको शुरुवात हुन थालेकोले समस्याको पूर्ण पहिचान अझै भइसकेको छैन । यसलाई बुझ्दै जाँदा जटिल समस्याहरु देखिँदै आउने छन् । हाल समस्या कस्तो अवस्थामा छ भन्ने कुरा केही हदसम्म मात्र थाहा पाइएको छ ।
रोग र रोग पहिचान दुवै वृद्धि
अहिले आधुनिकता एवं शहरीकरणको कारण बाल–मानसिक रोग वृद्धि भइरहेको भन्ने कुरा बारम्बार उठ्ने गरेको छ । के वास्तवमा वृद्धि भएको हो त रु नेपालको पहिलो बाल–मानसिक रोग विशेषज्ञ ९अजष्मि बलम बमयभिकअभलत उकथअलष्बतचष्कत० समेत रहनुभएका डा। अरुणराज कुँवर भन्नुहुन्छ, ‘बाल–मानसिक रोग वृद्धि हुनुमा शहरीकरण पनि एउटा कारण हो, तर यो भन्दा पनि महत्वपूर्ण कारणचाहिँ अहिले रोग पहिचान गर्ने र उपचार
