८ असार २०८१, शुक्रबार | June 21, 2024

इतिहासको चक्रमा भारत र चीन


2.5k
Shares

विपिन देवः इतिहासको चक्र चलायमान हुन्छ । मानव सभ्यताको उषाकालदेखि १७ औं सताब्दीसम्म विश्व अर्थतन्त्रको आधा भाग चीन र भारतले ओगटेको थियो । इतिहासको आरोह र अवरोहमा साम्राज्यवादको चपेटाको कारणले दुईवटै सभ्यताका सम्वाहक मुलुकहरू गरिबी र पछौटेपनको शिकार बन्न पुगे । इतिहासले कोल्टो फेरेको छ । चीन संसारको दोस्रो आर्थिक महाशक्तिको रूपमा स्थापित भइसकेको छ भने भारत पनि सन् २०२७ सम्म विशवको तेस्रो आर्थिक महाशक्तिको रूपमा उभिन तम्तयार देखिएको छ । सभ्यता र संस्कृतीका समवाहक दुई मुलुकहरू बीच सौहाद्रता र सामिप्यता नहुनुका विभिन्न आयामहरू मध्ये कूटनीतिक भाष्य पनि एक रहेको छ । चिनियाँ कूटनीतिक अभ्यासका आधारस्तम्भका आधार चिनियाँ संस्कृती र सोचलाई नै मान्न सकिन्छ । भारतका पूर्व राजदूत श्याम शरणद्वारा लिखित पुस्तक “हाउ‘ चाइना सी द इण्डिया एण्ड र्वल्ड” मा चिनियाँ कूटनीतिलाई सुत्रालक रूपले व्याख्या गरेको देखिन्छ ।

चीन सभ्यता र संस्कृतीको हिसावले आफूलाई श्रेष्ठ मान्दै आएको छ । “किङ्गडम ऑफ हेभेन” को अवधारमा अनुरूप हरेक छिमेकी प्रति आफ्नो अभिभावकीय भूमिकालाई चीनले इतिहासको पेवाको रूपमा लिने गर्दछ । एसियाली मुलुकहरूको सन्दर्भमा चीनले आफुलाई केन्द्रविन्दुको रूपमै लिदै आफ्नो शासकीय स्वरूप अनुरूप अरूलाई परिचालित गर्न सोच राख्दछ । पॉच हजार वर्षको इतिहास बोकेकोले चिनियाँ संस्कृती र सभ्यता अरू भन्दा अब्वल भएको छ । चिनियाँ समाज अन्र्तरमुखी र आत्म केन्द्रित हुन्छ । ठिक विपरित भारतीय कूटनीतिको प्रारूप पृथक हुने गर्दछ । मानव सभ्यताको सुरूवात देखि नै भारतीय समाज खुला र विविधतायुक्त रहेको छ ।

भारतीय सभ्यतालाई क्रस रोड समेत भन्ने गरिएको छ । हरेक सभ्यता र संस्कृतीसँग भारतीय संस्कृती र सभ्यताको अन्तरघुलन भएको छ । विविधताले भारतीय सभ्यतालाई सम्वलता प्रदान गरेको छ । रोचक प्रश्न के छ भने भारतीय सभ्यता र संस्कृतीले चीनिया मनोग्रन्थीलाई प्रभावित गरको छ । नालन्दा र विक्रमशिलाबाट शिक्षित र दिक्षित चीनिया विद्वानहरूले भारतीय सभ्यतालाई चीनको कुना कुनामा फैलाएको देखिन्छ । सांस्कृतीक हिसावले भारतीय सभ्यताको पदचाप पूर्वीय एसियादेखि अफ्रिकासम्म पाइन्छ । हिन्दू धर्म र वुद्ध धर्मको सारा संसारमा महिमा मण्डित भएको छ । तर चिनियाँ सभ्यताको प्रभाव भारतेली समाज र संस्कृतीमा देखिदैन । कूटनीतिमा यो अर्थपूर्ण रहेको छ । अर्थात् चिनियाँ संस्कृती र सम्वादलाई बुझेर तदनुरूप कूटनीति परिचालन भारत सर्मथ देखिएको छैन ।

भारतमा धर्म र राजनीति विच अनौठो सम्बन्ध रहेको देखिन्छ । हरेक धर्म र समप्रदाय भारतेली भूमिमा पल्लवित र पुष्पित भएको छ भने चिनियाँ भूमीमा धर्मलाई निस्तेज र वर्जित गरिएको छ । अर्थात् यी फरक परिवेशले गर्दा चीन र भारत विच संवादहिनता र टकहारट अवरत रूपमा बढ्दै आएको छ । चीनले भारतलाई एउटा क्षेत्रीय शक्तिको रूपमा मात्रै स्वीकार गर्न खोज्दछ भने भारतले हरेक कूटनीतिक मञ्चबाट चीनलाई घेर्न कूटनीतिक अभ्यास गर्दछ । भारतलाई दवावमा राख्न चीनले पाकिस्तान र मालदिपसंग सघन सम्बन्ध बढाउन खोज्दछ भने भारतले आप्mनो सामरिक सम्बन्ध जापान, भियतनाम र दक्षिण कोरीयासंग बढाउन अगाडि बढ्दछ । भारतले आए.टु.यू.टु.को सम्झौता अन्र्तगत इजरायल, इ. एई.संग आफ््नो सघनता बढाउदछ भने चीनले साउदी अरेवीया र इरान विच सौहद्रता स्थापना गर्न कूटनीति परिचालित गर्दछ ।

वर्तमान परिवशेमा रसिया युक्रेन युद्धको पराकम्पन भारत चीन सम्बन्धलाई कसरी उदवेलित गर्दछ भन्ने कूटनीतिको अध्येताको लागि रुचीकर विषय भएको छ । रसिया युक्रेन युद्धमा चिनियाँ रणनीतिको वारेमा व्यापक वहस भएको देखिन्छ । विगतका दिनमा संसारको रहेक मोर्चाबाट अमेरिका पछाडि हट्नु जस्तो परिघटनालाई चीनले गम्भीरतापूर्वक लिएको देखिन्छ । अर्थात् कोरनाको कहरमा अमेरिका लगायत युरोपको व्यवस्थापन कमजोर हुनु र अफगाीस्तानबाट अमेरिकी सेना पछाडी हट्नु जस्तो घटनालाई चीनले गम्भीरतापूर्वक लिदै र रसिया र चीनको गठजोडले युरेसीयन शासन व्यवस्था स्थापित हुने चीनको आकलन थियो । चीनिया काङ्ग्रेसको अधिवेशनमा नै राष्ट्रपति सीले वर्तमान विश्व व्यवस्था आप्mनो अनुकुल भएको घोषणा गरेका थिए । तर चीनिया नीति प्रतिउत्पादक सिद्ध भयो । अमेरिका र युरोपको नाकावन्दीको पराकम्पनले चिनियाँ आर्थिक विकास दरमा व्यापक गिरावट देखियो ।

चीनबाट अमेरिकी र युरोपेली पू‘जी विस्थापितले गर्दा २० प्रतिशत कारोवार ओगटेको रियलस्टेट समेत शिथिलिकरणको अवस्थामा गर्यो । अर्को तर्पm रसिया युक्रेन युद्धताका भारतले सस्तो दरमा रसियासंग इनधन र उर्जा खरिद गर्दै पश्चिमा पू‘जी र प्रविधिलाई भित्र्याउदै ७ देखि ८ दशमलव आर्थिक विकास दर हासिल गर्न सफल देखिएको छ । चीनले रसिया युक्रेन युद्धबाट धमिलो पानीमा माछा मार्ने लक्ष्य राखेता पनि रणनीति आप्mनो अनुकुल हुन सकेन । चीनिया गठवन्धनमा रहेका मुलुकहरू रसिया, इरान, पाकिस्तान र उत्तर कोरीया लगायत अफ्रिकामा केहि मुलुकहरू आर्थिक रूपमा दिवालीयापनको संघारमा देखिएको छ । चिनियाँ अर्थतन्त्रको निर्यात भएकोले गर्दा यी उल्लेखित मुलुकहरूबाट चीनको आर्थिक महत्वाकांक्षको प्रतयाभूत हुन सक्दैन । यी परिवेशमा चीनले आफ्नो रणनीतिमा सुस्तरी परिर्वतन ल्याउ‘दैछ । अर्थात् आप्mना भीमकायी गुरूयोजना वि.आर.आए. अन्र्तगत गरिब राष्ट्रहरूमा लगानीमा पूर्वविचार गरिरहेको छ भने ताइवानको नीतिमा पनि गम्भीर देखिएको छ । आक्रमकता शब्दमा मात्र देखिएको छ ।

बदलिदो परिवेशमा भारत चीन विचको गलवान घाटीको तनावको प्रारुप कस्तो होला भन्ने कूटनीतिको विद्यार्थीको लागि गहन प्रश्न रहेको छ । चीन र भारत विच गलवान घाटीमा भएको सैनिक तैनाथले गर्दा दक्षिण एसियामा आक्रान्त अवस्था रहेको छ । सन् १९८८ मा राष्ट्रपति देङ्ग र प्रधानमन्त्री राजीव गान्धी विच भएको समझादारी अनुरूप नै विगत ३ दशकदेखि दुई वटै मुलुकहरू प्रगतिको माटोमा थियो । सिंगापुर लिक्वान विश्वविद्यालयका मुर्धन्य सामरिक जानकार किशरि मेहबुवानीले आफ्नो पुस्तक “एसियन मिराकल”मा भारत र चीन आप्mनो सासरिक भाष्यलाई परिमार्जित र परिस्कृत गरेको खण्डमा मात्र २१ औं शताब्दी एसिया शताब्दी हुने उनले ठहर गरेको छ । अर्थात् तनावलाई शिथिलिकरण गर्न चीन र भारतले आफ्नो सामरिक भाष्यलाई तर्जुमा गर्नु पर्दछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया