३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डले भाईलाई राष्ट्रिय सभा अध्यक्ष बनाइछाडे


1.7k
Shares

काठमाडौं, २८ फागुन । नेकपा माओवादी केन्द्रमा राष्ट्रिय सभा अध्यक्षका धेरै आकांक्षीलाई पाखा लगाउँदै अध्यक्ष प्रचण्डले आफ्नै सहोदर भाई नारायणप्रसाद दाहाललाई उक्त पदमा पुर्याइछाडे । दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्डले सत्ता गठबन्धन नै तोडेर नयाँ गठबन्धन बनाएका छन् ।

मंगलबार भएको राष्ट्रिय सभाको निर्वाचनमा दाहालले काँग्रेसका युवराज शर्मालाई २२ मतले पराजित गरे । दाहालले ३९ र शर्माले १७ मत पाए ।

प्रचण्डले यसअघि काँग्रेसका कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने वचन दिएका थिए । तर, उनले त्यो वचन तोडिदिए ।

संवैधानिक निकायमा नियुक्तिमा राष्ट्रिय सभा अध्यक्ष पदेन सदस्य हुने भएकाले भागवण्डामा बार्गेनिङ रहनसक्छ । यसकारण पनि प्रचण्डले आफ्नै भाई रोजेर पार्टीभित्र र बाहिर शक्ति आर्जन गरेका छन् ।

प्रतिक्रिया