१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिटौला रोकिए, अब के होला ?


498
Shares

काठमाडौं, २८ फागुन । राष्ट्रिय सभाको अध्यक्ष बन्न आतुर थिए नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । प्रतिनिधि सभाको चुनाव झापाबाट राजेन्द्र लिङ्देनसँग हारेका उनी कोशी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएर आए । प्रधानमन्त्री प्रचण्डले नै उनलाई राष्ट्रिय सभाको अध्यक्षमा साथ दिने वचन दिएका थिए ।

सिटौलाले आफूमाथि धोका भएको खुलाइसकेका छन् । प्रचण्डलाई त बालुवाटारमै भेटेर धोका दिएको भन्दै उचित समयमा देखाइदिने चेतावनी दिएर फर्किए ।

चुनाव नजित्ने भएपछि सिटौला ब्याक भएका छन् । उनी काँग्रेस संसदीय दलको नेता बनेका छन् राष्ट्रिय सभामा ।

सिटौला रोकिएका छन् । प्रचण्डले आफ्नै भाई नारायण दाहाललाई बढाएका छन् र राष्ट्रिय सभा अध्यक्षमा ।

प्रचण्डले बुधबार नै विश्वासको मत लिने तयारी गरिसकेका छन् । रातभर हुने खेलले घटनामा ट्वीस्ट आउन सक्छ । यसप्रति प्रचण्ड चनाखो छन् ।

सत्ता गठबन्धनको बहुमत छ । तर, विश्वासको मत दिने बखत यताउता हुनसक्छ । ह्वीप नै उल्लंघनको सम्भावना पनि छ ।

सरकार लामो समय नजाने टिप्पणी पनि भइरहेको छ । प्रचण्डले जोखिम मोलेका छन् यतिबेला । तर, उनलाई असफल बनाउने खेल चलेकाले निकट भविष्यमा नयाँ घटना विकास हुनसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया