३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उपेन्द्र यादव कनिष्ठ वरियताका उपप्रधानमन्त्री


1.1k
Shares

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तामा जान निकै परिश्रम गर्न वाध्य भए यसपटक । जनमत पार्टीका अध्यक्ष सीके राउतसँग गत वर्षको मंसिरको चुनाव हारेका यादव बाराबाट चुनाव लड्न उक्त क्षेत्रका तत्कालीन सांसद रामसहायप्रसाद यादवलाई राजीनामा गर्न लगाए । यादवलाई उपराष्ट्रपति पद दिलाएर उपेन्द्र चुनाव लडे ।

निकै मिहेनत गरी कठिन जित हासिल गरेका उपेन्द्र प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका छन् त्यो पनि कनिष्ठ वरियतामा । मन्त्रिमण्डलमा चार उपप्रधानमन्त्री छन् जसमध्ये रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई वरियतामा माथि राखिएको छ ।

उपेन्द्र पटक पटक उपप्रधानमन्त्री भइसकेका छन् । तर, आफूभन्दा राजनीतिमा र उमेरमा पनि जुनियर रवि लामिछानेभन्दा तल वरियतामा बसेका छन् । उनलाई स्वास्थ्यमन्त्री दिइएको छ ।

त्यसो त जसपा सरकारमा जान तयार थिएन । जसपाभित्र प्रचण्ड नेतृत्वको सरकारमा नजान दबाब थियो । तर, उपेन्द्रले निकै कठिनाइका साथ विरोधलाई थामथुम पारे । नवलकिशोर साह सुडीलाई वनमन्त्री बनाए । मन्त्री बन्नेमा विवाह पनि थियो । यसलाई तत्काल समाधान गरिएको छ । तर, अबको बाटो उपेन्द्रलाई सहज भने छैन ।

प्रतिक्रिया