३ आश्विन २०८१, बिहिबार | September 20, 2024

गृहमन्त्रीमा रविको नियुक्ति विवादमा


3.7k
Shares

काठमाडौं, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोस्रोपटक गृहमन्त्री पद प्राप्त गरेका छन् । उनको नियुक्ति उस्तै परिस्थितिमा भएको छ दुवैपटक । प्रचण्ड नेतृत्वको सरकारमै उनी उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।

लामिछाने मन्त्रिमण्डलमा चौंथो वरियतामा रहेर गृहमन्त्री बनाइएका छन् । उनी सहकारी ठगी प्रकरणमा मुछिइरहँदा नियुक्ति भएको हो ।

रविको नियुक्तिलाई लिएर विरोध भइसकेको छ । राष्ट्रिय जनमोर्चाले विज्ञप्ति निकालेर विभिन्न मुद्दा चलेका र हाल पनि सहकारी ठगीमा अनुसन्धन तथा मुद्दा चलिरहेका व्यक्तिलाई गृह जस्तो मन्त्रालय दिएर उनको सबै अपराधबाट उन्मुक्ति दिने कार्य हुने भनेको छ ।

जनमोर्चाले रवि लामिछानेको दल प्रत्यक्ष रुपले अमेरिकी साम्राज्यवादको नीति लागू गर्न बनेको र उसैको निर्देशनमा चल्ने गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया