३१ भाद्र २०८१, सोमबार | September 17, 2024

राष्ट्रगुरु योगी नरहरिनाथको ११०औं जन्मजयन्ती


February 29, 2024
2k
Shares

काठमाडौं, १७ फागुन । राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती देशभर मनाइँदैछ । नेपालको दुर्गम कालिकोटमा जन्मिएका नरहरिनाथले नेपाली समाजलाइ मात्र नभई विश्वलाई नै उपयोगी हुने महान कृतिहरु दिएका छन् ।

नरहरिनाथलाई त्याग र तपस्यका प्रतिमूर्ति मानिन्छ । उनले सन्यास लिएर सयौं कृतिहरु नेपाली समाजलाई दिएका छन् । धर्म, संस्कृति, इतिहासका ज्ञाता नरहरिनाथ अन्वेषणकर्ता पनि हुन् ।

कालिकोट जिल्ला साबिक लालु गाबिस हालको नरहरिनाथ गाउँपालिकामा पिता ललित सिंह हरिक्सेन थापा र माता गौरी देवि थापाको कोखबाट विक्रम संवत् १९७१ साल फागुन १७ गते जन्मिएका महापुरुष नरहरिनाथ सोधकर्ता र साधक पनि हुन् । उनका लाखौं अनुयायीहरु नेपालभित्र र बाहिर छन् ।

प्राज्ञिक विद्यार्थी परिषद्ले योगी नरहरिनाथको जन्मदिन विविध कार्यक्रम गरी मनाइरहेको छ ।

प्रतिक्रिया