३१ भाद्र २०८१, सोमबार | September 17, 2024

६ वर्षबीच दुईपटक जन्मिएका यी पात्र !


February 23, 2024
1.7k
Shares

काठमाडौं, ११ फागुन । एउटा व्यक्ति कतिपटक जन्मन्छ ? एक या धेरैपटक । तर, नेपाललाई त्यस्तो देश बनाइएको छ जहाँ एउटै व्यक्ति केही वर्षको फरकमा पटक पटक जन्मन्छ !

नेपालमा प्रभावशाली व्यक्तिहरु पटक पटक जन्मन्छन् । त्यो पनि किर्ते कागजातबाट ।

देशको संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेय ६ वर्षको फरकमा दुईपटक जन्मिएका छन् । उनको दुईपटक जन्मिएको किर्ते कागजात फेला परेको छ ।

पाल्पामा उनी पहिलोपटक १५ असोज २०२६ सालमा जन्मिए र दोस्रोपटक २६ पुस २०३२ मा जन्मिए । उनको दुई फरक मितिको नागरिकताले दुईपटक जन्मिएको देखाउँछ जुन सम्भव हुँदैन ।

रोचक त यो छ कि दुईपटक जन्मिएको नागरिकता बनाएका पाण्डेयको बचाऊमा नेकपा एमाले नै लागेको छ । संसदमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले नै उनको बचाऊ गरे ।

पाण्डेय मात्र होइन नेपाली सेनाका कतिपय पूर्व अधिकारीहरुको पनि दोहोरो नागरिकता फेला पर्यो । ताराध्वज पाण्डेयले यस मामलामा परेर राजीनामा नै दिए । कतिपयले हतार हतार राजीनामा दिए ।

किर्ते नागरिकता बनाएर उमेर घटाउने प्रवृत्ति देशमा अझै चलिआएको छ । त्यसको संरक्षण राज्यको शक्तिशाली निकायमा रहेकाहरु नै लाग्छन् ।

प्रतिक्रिया