६ माघ २०८१, आइतबार | January 19, 2025

सिंहिनीको नाम सीता राखिएपछि…


February 23, 2024
913
Shares

एजेन्सी, ११ फागुन । भारतमा सिंहिनीको नाम सीता राखियो र सिंहको अकबर । त्यसको चर्को विरोध भयो ।

विश्व हिन्दू परिषद्ले सीता नाम राखिएकोमा विरोध गर्यो । सीता हिन्दूको देवी भएकाले सिंहिनीको नाम राखिएको भन्दै अदालतमा मुद्दा दायर भयो ।

भारतको पश्चिम बँगाल राज्यको उत्तर बँगाल राष्ट्रिय निकुञ्जको सिलुगढीमा रहेका सिंह र सिंहिनीको नाम परिवर्तनको आदेश आएको छ । त्यहाँको अदालतले कुनैपनि देवीदेवता, मुस्लिम या हिन्दू व्यक्तित्व र स्वतन्त्रता सेनानीको नाममा जनावरको नाम राख्न नपाइने फैसला सुनाएको छ । जनावरको नाम विजली या त्यस्तै राख्न समेत भनिएको छ ।

प्रतिक्रिया