३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्डको चाहनामा केशरजङ्ग बराल त्रिवि उपकुलपति नियुक्त


February 22, 2024
415
Shares

काठमाडौं, १० फागुन । शिक्षामन्त्री अशोक राई चित्रबहादुर बुढाथोकीलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन चाहन्थे । राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बुढाथोकीलाई सबैभन्दा बढी अंक दिई सिफारिश गरेको थियो । उनीहरुको प्राप्तांक पनि सार्वजनिक गरियो ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिश गरिएकाहरुको अंक सार्वजनिक भएपछि बढो अप्ठ्यारो परेको बताएका थिए । तर, उनकै चाहना अनुसार प्रा.डा. केशरजङ्ग बराल त्रिविको उपकुलपति नियुक्त भए । उनी माओवादी निकट मानिन्छन् ।

प्रचण्डले त्रिवि उपकुलपति खुल्ला प्रतिष्पर्धाबाट छनोट गर्ने बताएर तरंग ल्याएका थिए । तर, प्रतिष्पर्धा त गराए नियुक्ति भने आफूनिकट प्राध्यापकलाई नै बनाए ।

प्रतिक्रिया