३१ भाद्र २०८१, सोमबार | September 17, 2024

हिन्दुराष्ट्रको मुद्दा काँग्रेसभित्र पेचिलो बन्दै गर्दा साउदको भारत भ्रमण


February 22, 2024
332
Shares

काठमाडौं, १० फागुन । हुनत परराष्ट्रमन्त्री एनपी साउद भारतको औपचारिक भ्रमणमा गएका हुन् । तर, उनी यस्तो बेलामा भ्रमणमा गए जतिबेला उनी केन्द्रीय सदस्य रहेको नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा पेचिलो बनिरहेको छ ।

साउद हिन्दुराष्ट्र पक्षधर हुन् । उनकी पत्नी ज्योत्सना साउद विश्व हिन्दू महासंघकी उपाध्यक्ष छिन् र काँग्रेसभित्र चलेको हिन्दुराष्ट्र अभियानको पक्षमा समर्थन जनाइसकेकी छिन् ।

परराष्ट्रमन्त्री साउदले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । चौथाइवालले नेपाल भारत सम्बन्धका अथावा नेपाली काँग्रेस भाजपा सम्बन्धबारे पनि छलफल भएको खुलाएका छन् ।

नेपाली काँग्रेसको भाजपासँग सम्बन्ध बलियो बन्दै गएको छ । पार्टीगत तहमा भ्रमणहरु हुन थालेको छ । विगतमा नेपाली काँग्रेसको भारतको कँग्रेस आई र क्षेत्रीय दलहरुसँग बढी सम्बन्ध देखिन्थ्यो ।

प्रतिक्रिया