३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एशियाको पुनः उदय, यी देश बन्दैछन् शक्तिशाली


February 18, 2024
498
Shares

समाचार विश्लेषण । विश्वमा शक्ति सन्तुलनमा बदलावहरु आउन थालेको छ । लामो समय अमेरिकासहित पश्चिमा देशहरुको प्रभाव विश्वभर कम हुँदै गएको छ ।

अफगानिस्तानबाट अमेरिकीसहित पश्चिमा सैनिकहरुले छाड्नु, युक्रेन युद्ध, अफ्रिकामा फ्रान्सलाई धक्का लाग्नुलगायत घटनाक्रमले शक्ति सन्तुलनमा बदलाव देखिदै गएको छ ।

अफगानिस्तानमा तालिवानलाई प्रयोग गरेर अमेरिकाले तत्कालीन सोभियत संघलाई कमजोर पारेको थिए त्यहाँ । तर, त्यही तालिवानलाई प्रयोग गरेर रुसले अमेरिकालाई सोही भूमिका कमजोर पारिदियो ।

अमेरिका र रुसबीच युक्रेनमा प्रोक्सी युद्ध चलिरहेको छ जसमा नाटो देशहरु पनि संलग्न छन् । रुसले विस्तारै युक्रेनलाई पराजित गर्दै गइरहेको खबर आइरहेको छ ।

युद्धको बाछिटा इजरायलमा समेत परेको छ । हमाससँग इजरायल युद्ध लडिरहेको छ । हमास रुस समर्थित इरानसँग नजिक छ । यमनका हुथीहरुलाई अमेरिका र बेलायतले आक्रमण गरिरहेका छन् । हुथीहरु इरान समर्थित हुन् जसले समुन्द्रमा पश्चिमा देशका जहाजमाथि आक्रमण गरिरहेका छन् ।

अफ्रिकामा फ्रान्सलाई धक्का पुग्ने गरी धमाधम सैनिक शासन आइरहेको छ । उनीहरु रुससँग नजिक छन् ।

यी सबै घटनाक्रमले चीन र भारतलाई फाइदा पुगिरहेको छ । दुवै देश आफ्नो सैन्य शक्ति वृद्धिमा लागेका छन् । चीन र भारतको आर्थिक वृद्धिदर द्रुत छ । दुवैका लागि जनसंख्या नै फाइदाजनक बनेको छ ।

एशियामा अमेरिकानिकट जापानको आर्थिक वृद्धिदर घट्दो छ । कुनैबेला विश्वकै दोस्रो अर्थतन्त्र जापान चौंथोमा झरेको छ । चीन पहिलो ठूलो अर्थतन्त्र बन्ने दिशामा छ । भारत पाँचौं स्थानमा उक्लिइसकेको छ ।

बढी जनसंख्या भएका इन्डोनेशिया र बँगलादेशको पनि आर्थिक वृद्धिदर द्रुत छ । यसरी एशियामा नयाँ शक्तिहरु उदाइरहेका छन् ।

भविष्यमा चीन र भारत विश्वकै ठूलो शक्ति बन्ने दिशामा बढिरहेका छन् । पूर्वीय र पाश्चात्य सभ्यताबीच अहिले टकराव पनि बढ्दो छ ।

प्रतिक्रिया