३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विकल र सुनिलले खोल्लान् त विदेशमा घूस खाने नेता र कर्मचारीको रहस्य


February 14, 2024
2k
Shares

काठमाडौं, २ फागुन । यतिबेला टेलिकम माफियाका रुपमा चिनिएका विकल पौडेल र सुनिल पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । उनीहरुलाई विशेष अदालतले थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।

विकल र सुनिल यसअघि नै भ्रष्टाचार मुद्दा लागेका हुन् । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन प्रकरणमा उनीहरुलाई पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दा लागेर पनि पौडेलद्वय निर्धक्क विदेश आउजाउ गरिरहेका थिए ।

विकलको त अमेरिकामा पीआर रहेको र पत्नीको नाममा ७ करोड मूल्यको घर रहेको खुलिसकेको छ । त्यसबाहेक उनी सिंगापुर र दुबईमा स्टेशन बनाएर घूसको लेनदेन गराउँथे ।

सुनिल पनि विकलकै विश्वासपात्र हुन् । विकलले नै योजना बुनेर सुनिललाई नेपाल टेलिकमको महाप्रबन्धक बनाएका थिए ।

सुनिल र विकलसहितको गिरोहले दूरसञ्चार क्षेत्रमा ठूलो भ्रष्टाचार गर्ने र गराउने गरे । उनीहरुले दश वर्ष देखि नेता र कर्मचारीलाई घूस खुवाएर आफ्नो धन्दा चलाइरहे । उनले रकमको लेनदेन गरेको कतिपय विवरणहरु खुल्न थालेको छ ।

विश्वस्त स्रोतका अनुसार विदेशमा घूसको लेनदेनबारे तथ्यहरु फेला परेको छ । त्यस्ता धेरै रहस्य अख्तियारले पत्ता लगाएको बुझिएको छ । उनले को को नेतालाई कति कति घूस कुन देशमा दिए भन्ने रहस्य खुलेमा राजनीतिकवृत्तमा ठूलै कम्पन आउने बुझिएको छ ।

प्रतिक्रिया