३१ भाद्र २०८२, मंगलबार | September 17, 2025

द्रव्यमोहमा परेर मधु मरासिनीले के के गरेछन्


February 14, 2024
30k
Shares

नेपाली पेन, २ फागुन । शक्ति होस् त मधु मरासिनीको जस्तो । नेपाल सरकारका सचिव उनी भ्रष्टाचारमा मुछिंदा पनि मुद्दा चुट्कीको भरमा मिलाउने भन्छन् निकटस्थहरुलाई ।

त्यसो त मरासिनी विभिन्न शक्तिकेन्द्र रिझाउन सिपालु । उनले कहिल्यै पनि जागिरे जीवनमा नराम्रा भनाउँदा कार्यालय, जिल्लास्थित कार्यालयहरु बस्नु परेन । अर्थ मन्त्रालयका अवकाश प्राप्त एक कर्मचारीले खुलाए अनुसार हुलाकमा हुँदै विदेश पढ्न गए, एडिवीको जागिर खान भ्याए । अर्थ कै वैदेशिक महाशाखामा बस्दा विदेश गएको दैनिक भत्ता मात्र वर्षको ५० लाख जति बुझ्थे । उनको विदेश ओहोरदोहोर पानीपधेरो हुन्थ्यो ।
अर्थ मन्त्रालयको बजेट महाशाखामा हुँदा उनले आफूखूशी नियमविपरित दिएको नेशनल पेमेण्ट सिस्टमको अश्वभाविक बजेटकाका सम्बन्धमा अख्तियारले उनी विरुद्ध समेत भ्रष्टाचारमा मुद्धा दर्ता गरेको विषय त चर्चामै छ । तर, उनलाई भ्रष्टाचार मुद्दाले छुँदा पनि केही भएको छैन ।

तत्कालिन अर्थ सचिव शान्तराज सुवेदीलाई थाहा नै नदिई उनले धेरै चलखेल गरेका थिए । २०७४ साल श्रावण १ गतेदेखि लागू हुने गरी जव उनले विदेशस्थित नियोगहरुको करिव २०० प्रतिशत वैदेशिक र पारिवारिक भत्ता बृद्धि गरे त्यसमा पनि अर्थ सचिवको सहमति थिएन । तर उनी न्यूयोर्कस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूतकारुपमा जानलाई परराष्ट्सँग त्यस्तो सौदावाजी गरेका थिए । नभन्दै तत्कालिन अर्थमन्त्री कृष्ण वहादुर महराले भने अनुसार जति पनि बजेट निकासा गरेर मन जितेका उनले तत्कालीन राजनैतिक नेतृत्वको मन जितेर महावाणिज्य दूतकोरुपमा आफूलाई नियुक्त गर्न सफल भए ।

एक पटकको लागि मात्र भनेर ४ वर्षे महावाणिज्यदूतको रुपमा प्रशासनको सहसचिवलाई महावाणिज्यदूतको प्रमुख बनाउने मन्त्रिपरिषद्को निर्णय थियो । उनी अघि त्यहाँ परराष्ट् सेवाको उपसचिव प्रमुख थिए भने उनको ४ वर्षको कार्याकायल समाप्त भएपछि पनि पुनः उपसचिवमा नै प्रमुखको पद झर्ने गरी नियुक्ती भएका थिए ।

जव उनको महावाणिज्य दूतको पद पक्का भयो । उनले परराष्ट्को माग नै नभई कन उक्त वाणिज्यदूतावासको लागि सवारी साधनको लागि रु। ८० लाख, घर भाडाको लागि मासिक रु. १२ लाख यसैगरी आर्थिक कुटनीतिको कार्यक्रम, विविध शीर्षकमा आफूखूशी एलएमविआईएसमा बजेट थप गरेको चर्चा उतिवेलै अर्थ मन्त्रालयमा चलेको थियो । त्यसको समेत तत्कालीन अर्थ सचिवलाई कुनै अत्तोपत्तो थिएन भने परराष्ट्को योजना शाखाले समेत आर्थिक कुटनीतिकोको शीर्षकमा न्यूयोर्कको लागि त्यत्रो बजेट माग गरेको थिएन । त्यो आ।व।मा न्यूयोर्ककै स्थायी नियोगमा कम बजेट तर ३ जना कर्मचारी भएको महावाणिज्यदूतावासमा २ गुणा वढी बजेट विनियोजन भएको थियो । महावाणिज्यदूतका तत्कालिन प्रमुख पुष्पराज भट्टराईले स्थायी नियोगका साथीहरुलाई भन्ने गरेका थिए रे हाम्रो पालामा ग्याँसको लागि समेत बजेट थिएन अहिले त हाम्रो कार्यालय त आयोजना भएको छ ।

उनलाई मन्त्रिपरिषदले नियुक्ति मात्र गरेको थियो । सो महावाणिज्यदूतावासको ओ। एण्ड एम। सर्भे भएको थिएन । तर उनी तत्कालै न्यूयोर्कमा हाजिर हुन गए । उनको भत्ता श्रावण एक गतेदेखिमात्र तोकिएको थियो तर उनले जेठ देखिनै भत्ता बुझे, स्थानीय कर्मचारीहरु डईभर, आफ्ना सहयोगीको पनि दरवन्दी स्वीकृति नै भएको थिएन तर उनले जानासाथ नियुक्ति दिए र तलव खुवाउन आदेश दिए । उनीसँग काम गर्ने कर्मचारीहरुले भन्ने गर्थे -”उनलाई महामहिमज्यू भनेर संवोधन गर्नुपर्दथ्यो । भोली बेरुजु आउनसक्छ हजूर यसो गर्दा भनेर हाम्रो थर्ड सेक्रेटरीले एक पटक कुरा गर्दा महालेखामा टंकमणी दाईलाई भनेर म मिलाईहाल्छु तपाईहरु धेरै यस विषयमा चिन्ता नगर्नु भन्ने वहाँको आदेश थियो ।”

उनीसँगैकाम गरेका एक कर्मचारीले भने- ”स्थायी नियोगका महामहिमज्यूको विचरा केही थिएन मधु मरासिनी महामहिमज्यूको रवाफ उसवेला वाफरे के कुरा गर्नु । राजर्शी ठाँट थियो । प्रतिमहिना १० हजार अमेरिकी डलर तिरेर म्यानह्याटनको मुख्य स्थानमा वहाँले आफ्नो निवास लिनु भयो । रात विताउन सक्ने गरीको कार्यक्षेत्र समेत नहुँदा अनुगमन मूल्यांकनमा करिव रु. १० लाख जति खर्च भयो । श्रीमति सहित महंगा रेष्टुरेन्टमा कफि पिएका, लन्च डिनर गरेका विलहरु आर्थिक कुटनीतिक कार्यक्रमबाट भुक्तानी गरेका छौं हामीले । स्थायी नियोगको विविधमा विनियोजन भएको रकम एकै रुपैयाँ खर्च नहुने तर हाम्रो महावाणिज्यदूतावासमा लाखौं रकम आतिथ्य भन्दै झ्वाम भै सकेको थियो । बजेट जतिपनि ल्याउन र जे पनि खर्च गर्न सक्ने वहाँको प्रतिभा विशेष नै थियो । वास्तवमा हामी परराष्ट्का कर्मचारी यस्तो कहिल्यै नदेखेको वहाँसग काम गर्ने डरलाग्ने । खर्च गर्न त न विधि न प्रकृया केही नचाहिने रहेछ । विदेशमा कहाँ स्वदेशमा जस्तो हुन्छ भन्नु हुन्थ्यो । वहाँको आँट गज्बबै थियो । जसोतसो धानियो । धन्न बेरुजु पनि आएन र बचियो । सो समयमा स्थायी नियोगमा दुर्गा भट्टराई सर हुनुहुन्थ्यो । वहाँसँग कहिलेकाही हाम्रो महावाणिज्यदूतावासले गरेको खर्चको कुरा गर्दा सरम नै लाग्ने अवस्था थियो । उनले थपे तर तत्कालीन सरकारले ठिक गरो उपलब्धी शून्य, खाली घुमफिर, खानपिन र मोजमस्तीमा करोडौं खर्च भईराखेको अवस्था थियो । सायद मन्त्रालयबाट सोही रिपोर्ट भयो होला हामीलाई त थाहाहुने कुरा भएन वहाँलाई २ वर्षमा नै सरकारले फिर्ता बोलायो ।” उनी नेपाल फर्कदा उनले आफ्ना सहयोगी अमेरिकामानै छाडेर आएको कुरा समेत सो वेला चर्चामा थियो ।

महालेखा नियन्त्रक हुँदा उनले नेशनल पेमेण्ट गेट वे सञ्चालन गर्नलाई निकै दवाव दिएका थिए । विश्वस्त स्रोतले भन्यो, ”उनीसँग काम गरेका तत्कालीन उपमहालेखा नियन्त्रकलाई उनले म अर्थमा हुँदा यो बजेट मैले नै दिएको हुँ । यसको कार्यान्वय गर्नुपर्छ भनेर निकै जोड गर्नु भयो । तर पछि नेपाल क्लियरिगं हाउसका मान्छेहरुले वहाँलाई बारम्बार भेटेपछि खै किन हो वहाँ सलक्कै यूटर्न हुनुभयो भित्री कुरा त हामीलाई थाहा भएन । त्यसपछि भने वहाँले नेशनल पेमेण्ट गेट वे के के कारणले सञ्चालन गर्न सकिदैन खोजेर नोट बनाउनु त भन्न थाल्नु भयो अनि हामीलाई पनि सजिलो भयो । नत्र त बुढाले हैरानै पारेका थिए । ती उपमहालेखा नियन्त्रयले हामीसँग भने ।”

यसपछि पनि मधु मराशिनीको यात्रा रोकिएन । उनी अर्थ सचिव भई छाडे । आफू अर्थ सचिव हुँदा गृह मन्त्रालय तिर तरमारेका उनका भाई शम्भू मरासिनीलाई समेत अर्थ मन्त्रालय सरुवा गरे । त्रिभूवन भन्सार कार्यालय, मझौला करदाता कार्यालय लगायतका मालदार अड्डामा राख्न सफल भए । शम्भू मरासिनी अर्थको शुन्य अनुभव भएपनि अझै उनकै आशिर्वादले अर्थ मन्त्रालयका विभिन्न अड्डामा रमाई रहेका छन् । महालेखा नियन्त्रक कार्यालयमा समेत बसेका उनले विवादास्पद सरुवा गरेको, सरुवामा रकम असूली गरेका र आफ्ना डायरीका मात्र कर्मचारीहरुको सरुवा गरेर लेखाको सिस्ष्टम भताभूगं बनाएको भन्ने आरोप लाग्नासाथ उनी अहिले भन्सार जाँचपास कार्यालयमा मौका हेरेर बसेका छन् ।
उनलाई विशेष अदालतले साधारण तारेखमा छाडेको छ । उनी अव ५ महिना भित्रमा मुद्दा मिलाएर पुन सचिवकोरुपमानै फर्कने दाउमा छन् । उनले निकटस्थलाई अख्तियारको मुद्दा चुट्कीका भरमा मिलाउने दाबी गरेका छन् ।

प्रतिक्रिया