बालेनले उठाए प्रश्नः सरकार चोर कि व्यापारी ?

काठमाडौं, २८ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार र व्यापारीमध्ये को चोर भनी प्रश्न गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका हुन् ।
साहले लेखेका छन्, सरकालाई व्यापारी चोर जस्तो लाग्यो रे, व्यापारीलाई सरकार चोर जस्तो लाग्छ, हामीलाई दुईटैमा फरक थाह छैन ।
बालेनले पछिल्लो समय व्यवसायी र सरकारका तर्फबाट भएका गलत क्रियाकलापको व्यङ्ग्य गरेका हुन् ।