५ माघ २०८१, शनिबार | January 18, 2025

राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी, सिटौलाको के होला ?


February 6, 2024
747
Shares

काठमाडौं, २३ माघ । आउँदो २० फागुनबाट राष्ट्रिय सभामा नेकपा माओवादी पहिलो दल बन्नेछ । दोस्रोमा नेपाली काँग्रेस र तेस्रोमा नेकपा एमाले बन्नेछ । अहिलेसम्म नेकपा एमाले पहिलो दल छ राष्ट्रिय सभामा ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि २० फागुनमा सकिनेछ । त्यसपछि राष्ट्रियसभाको अध्यक्षका लागि हुने दाबीले नयाँ घटना विकास हुने संकेत गरिसकेको छ ।

राष्ट्रिय सभाको अध्यक्ष संवैधानिक परिषद्को सदस्य हुन्छ । परिषद्को अध्यक्ष प्रधानमन्त्री पदेन हुन्छन् । अन्य पदेन सदस्यमा सभामुख, प्रधानन्यायाधीश र उपसभामुख हुन्छन् ।

संविधान अनुसार संवैधानिक परिषद्को नियुक्तिमा सर्वसम्मत र बहुमतले निकै अर्थ राख्छ । प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि माओवादीको परिषद्मा कुनैपनि सदस्य हुँदैन । एमालेबाट सभामुख देवराज घिमिरे छँदैछन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकी छिन् । यसकारण पनि माओवादी राष्ट्रिय सभाको अध्यक्ष छाड्न चाहँदैन ।

माओवादी अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा राष्ट्रिय सभाको अध्यक्षको दाबी स्वतः रहेको बताएका छन् । उनको यो भनाई अर्थपूर्ण छ । माओवादीभित्र पनि राष्ट्रियसभाको अध्यक्ष नछाड्न दबाब छ ।

विगतमा राष्ट्रपतिमा नेपाली काँग्रेसलाई साथ दिइसकेको र उपराष्ट्रपति जसपालाई छाडिसकेकाले माओवादी अर्को महत्वपूर्ण पद छाड्ने पक्षमा छ्रन् ।

नेपाली काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै उनको पनि अध्यक्षमा दाबी रहनेछ । यो पदले सत्ता गठबन्धनभित्र विवाद बढ्न सक्छ । यही खोजेका छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । उनी पदको विवादमा खेल्ने गरी तयारी अवस्थामा छन् ।

प्रतिक्रिया