बेलायती राजा चार्ल्सलाई क्यान्सर संक्रमण

एजेन्सी, २३ माघ । बेलायतका राजा चार्ल्सलाई क्यान्सर संक्रमण भएको छ । उनको कुन अङ्गमा संक्रमण भएको हो खुलाइएको छैन ।
७५ वर्षीय राजा चार्ल्स को उपचार भइरहेको बेलायतको दरबारले जानकारी दिएको छ । उनको प्रोस्टेट क्यान्सर हो या अन्य हो खुलाइएको छैन । उनी प्रोस्टेटको समस्यामा समेत परेका थिए ।
राजकुमार चार्ल्स २०२२ को सेप्टेम्बरमा राजा भएका थिए । उनी रानी एजिलावेथ र राजकुमार फिलिपका जेठा छोरा हुन् ।
राजकुमार चार्ल्स का दुई छोरा विलियम्स र हेनरी छन् । उनको पहिलो पत्नी डायनाको निधन भइसकेको छ ।