६ आश्विन २०८१, आइतबार | September 23, 2024

हिन्दुवादी र राजावादी अटाउने नसक्ने रास्वपा कस्तो दल ?


February 5, 2024
1.6k
Shares

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले आफ्नो दलमा हिन्दुराष्ट्र पक्षधर र राजावादी अटाउन नसक्ने अभिव्यक्ति दिए । रास्वपा सांसद सुमना श्रेष्ठले बालबालिकाले स्वस्थानी ब्रतकथा पढिरहेको दृश्य राखेर विरोध गरिन् । अर्की सांसद सोविता गौतमले समलिंगी विवाह दर्ताको लबिङमा सक्रियता देखाइन् । यी घटनाले देखाउँछ रास्वपा हिन्दु धर्म र सनातन संस्कृतिको विरुद्ध जन्मिएको दल हो । त्यो दलमा हिन्दुवादी अटाउने कुरै भएन ।

पछिल्लो समय रास्वपा नेता वाग्लको हिन्दुराष्ट्र पक्षधर र राजावादी आफ्नो दलमा नअटाउने अभिव्यक्तिले उक्त दलको उद्देश्यबारे धेरैमा अन्यौल उत्पन्न भएको छ । यसबारे टिकाटिप्पणी चलिरहेको छ । प्रमुख दलहरुप्रति वितृष्णा बढिरहेको मौका छोपी गठन भएको रास्वपाले २०७९ को चुनावमा हासिल गरेको सफलताले धेरैलाई चकित पार्यो । तर, यसका पछाडि ठूलै योजना पनि रहेको थियो ।

रास्वपा अध्यक्ष रवि लामिछानेले पार्टी गठन गर्नुअघि पशुपतिनाथको दर्शन गरेर टीका समेत लगाएका थिए । तर, उनको पार्टीको झण्डाको रङ्ग र चिन्हबारे चासो रह्यो । कुनैपनि दलको झण्डाको रङ्गले अर्थ राख्छ । रविको दलको चिन्ह हिन्दु धर्ममा आस्था राख्नेका लागि असहज खालको थियो ।

लामिछानेको दल हिन्दुत्वविरोधी नै हो भन्नेमा शंका छ्रैन । उक्त दलमा प्रभावशाली मध्ये धेरै हिन्दु राष्ट्रविरोधी नै छन् । वाग्लेले त झन् स्पष्ट पारिदिए ।

रविको दल हिन्दुवादी नभएपछि धर्मनीरपेक्षको पक्षधर भइहाल्यो । यो भनेको अहिलेको मूलधारका सबैजसो दलभन्दा फरक रहेन । यसको अर्थ रविको दलले पात्र परिवर्तन गर्न सक्छ प्रवृत्ति र प्रणाली परिवर्तन गर्न सक्दैन । रविको दल प्रचण्ड, शेरबहादुर देउवा केपी ओलीहरुको ठाउँमा अर्को नयाँ पात्र ल्याउने लाइनमै छ ।

हुनत राप्रपाले हिन्दुराष्ट्रसहितको राजसंस्थाको पक्ष लिएको देखिन्छ । तर, उक्त दल हिन्दुराष्ट्रका पक्षमा गम्भीर देखिदैन । राजालाई शक्तिमा ल्याउने मनशाय देखिन्छ राप्रपामा । हिन्दुराष्ट्रको मुद्यामा केन्द्रित भई राप्रपाले कुनै गम्भीर अभियान पनि चलाएको छैन ।

यता रवि लामिछानेको दल हिन्दुवादीलाई रोक्ने पूर्वतयारीका साथ आएको छ । उसका गतिविधि यसैतर्फ केन्द्रित देखिन्छ ।

प्रतिक्रिया