३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भूपेन्द्रलाई दूरसञ्चारमा ल्याउने महतो–आचार्यको चाल


February 1, 2024
498
Shares

काठमाडौं, १८ माघ । नेपालको दूरसञ्चार क्षेत्रमा बाहिर जे देखिएपनि भित्र भित्र केही व्यापारिक घरानियाँ मरिमेटेर लागेका छन् । उपेन्द्र महतो एनसेल, स्मार्टसेललगायत विभिन्न कम्पनीमा जोडिएको नाम हो । यही कम्पनीसँग जोडिएको नाम हो शतिशलाल आचार्य । हुनत चौधरी समूह पनि टेलिकम क्षेत्रमा सक्रिय हुन खोजेको थियो तर सफल हुन सकेन । चौधरी हुन् या महतो या आचार्य नै किन नहुन् उनीहरु आफ्नो लगानीभन्दा बाह्य कम्पनीका लागि लाइसेन्स दिलाएर गोल्डन शेयर लिने पात्र हुन् । वास्तवमा नेपालको टेलिकम क्षेत्रमा बाह्य शक्तिको ठूलै रजगज चल्ने गरेको छ ।

टेलिकमको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा आफ्ना मान्छे सेटिङ गर्ने समूह नै सक्रिय छ । उनीहरु अध्यक्ष नै आफ्नो मान्छे बनाएर लाभ लिन्छन् । पछिल्लो समय टेलिकमको अध्यक्षका लागि आवेदन खुलेको छ । पुरुषोत्तम खनालले अध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा सञ्चार मन्त्रालयले आवेदन खुलाएको हो ।

प्राधिकरण दूरसञ्चार सम्बन्धि संस्थाहरुको नियामक निकाय हो । यसकारण पनि यो पदको महत्व रहिआएको छ । प्राधिकरणको अध्यक्ष बन्न सञ्चार मन्त्रालयमा विज्ञ भनी नियुक्त गरिएका भूपेन्द्र भण्डारीको चासो बढी देखिएको छ । उनी विगतमा व्यवसायी उपेन्द्र महतो र राजबहादुर सिंहसँग निकट रहेर काम गसिकेका छन् । भण्डारीले सतिशलाल आचार्यसँग रहेर पनि अफ्रिकामा काम गरेका थिए । उनको बाह्य गिरोहसँग पनि साँठगाँठ रहेको बुझिएको छ ।

सञ्चारमन्त्री रेखा शर्माका पति कृष्णध्वज खड्कासँग भण्डारीको निकटता रहेको छ । प्राधिकरणमा आफू अनुकूलको अध्यक्ष ल्याएर एनसेल कर छली प्रकरण सामसुम पार्न एउटा समूह नै लागेको छ । प्राधिकरणको अध्यक्षको दौडमा विभिन्न संस्थामा काम गरिरहेका र विगतमा काम गरेकाहरु पनि रहेका छन् । तर, भण्डारीले ठूलै कमिशनको लोभ देखाइसकेकाले उनलाई नै ल्याउने प्रयास चलिरहेको छ ।

प्रतिक्रिया