६ माघ २०८१, आइतबार | January 19, 2025

एनसेलमा कर छली भएको निष्कर्ष, अब के होला ?


January 30, 2024
996
Shares

काठमाडौं, १६ माघ । एनसेलको सेयर खरिदविक्रीमा कर छली भएको निष्कर्ष निकालिएको छ । एनसेल प्रकरणबारे छानविन गर्न गठित समितिले त्यस्तो निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिका संयोजक पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले बुझाएको प्रतिवेदनमा सेयर खरिदविक्रीमा कर छली भएकाले थप छानविन गर्न सुझाव दिएको छ ।

सेयर खरिदविक्री गर्नुअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलगायतको स्वीकृति नलिएको, कारोबारबारे जानकारी नदिएको, व्यवसायिक कारोबार शंकास्पद भएको निष्कर्ष निकालेको हो । कर छलीको निष्कर्ष निकालिएपछि अब सरकारले कस्तो कदम चाल्ने हो भन्ने चासो बनेको छ ।

शर्मा संयोजक रहेको समितिमा सरकारका सचिव फणिन्त गौतम, सहसचिव बाबुराम भण्डारी र हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए ।

एनसेलले शेयर खरिद विक्री गर्दा प्रमाणित कागजात पनि पेश नगरेको प्रतिवेदनमा उल्लेख छ । कानूनसम्मत रुपमा शेयर खरिदविक्री पुष्टि हुन सकेको छैन ।

एनसेल आजियाटाको ८० प्रतिशत शेयर ६ अर्बमा विक्री गरेको विषय नै अविश्सनीय देखिन्छ । जबकि यति शेयर खरिदविक्री गर्दा कम्तिमा ६० अर्ब त कर नै तिर्नुपर्छ । एनसेलको खरिदविक्रीको खेल खेल्न बेलायतमा स्प्रेक्ट्रलाइट यूके नामको कम्पनी केही महिना अघि मात्र खोलिएको थियो ।

एनसेल खरिदविक्रीमा संगठित गिरोहको संलग्नता पाइएको छ । तर, त्यसलाई लुकाउने खेल चलिरहेको छ ।

नेपालको इतिहासमा एनसेल कर छली प्रकरण अहिलेसम्मकै ठूलो भ्रष्टाचार र कर छलीमा पर्दछ ।

प्रतिक्रिया