२३ भाद्र २०८१, आइतबार | September 8, 2024

युगान्डामा प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्री जयशंकरबीच भेट


January 19, 2024
166
Shares

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेट भएको छ । युगान्डाको कम्पालामा विज्ञान, प्रविधि र नवप्रवर्तनमा असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका दौरान भेट भएको हो ।

भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ । २०२४ को सुरुमै जयशंकर नेपाल भ्रमणमा आएर महत्वपूर्ण सन्देश दिएका थिए । जनवरीमा प्रचण्ड र जयशंकर बीच यो दोस्रो भेट हो ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले विज्ञान, प्रविधि र नवप्रवर्तनमा असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले नामले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया