४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

४ अर्ब विद्युत महशुल नतिर्ने जगदम्बा स्टिल आइपीओ ल्याएर सर्वसाधारणलाई फसाउँदै


January 11, 2024
1.1k
Shares

काठमाडौं, २६ पुस । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुल नतिर्नेमध्येको जगदम्बा स्टिलको पनि लाइन काट्यो । त्यसपछि जगदम्बाका मालिकको दौडधूप खुबै चल्यो । शक्तिकेन्द्र धाएर जगदम्बा सञ्चालक साहिल अग्रवालले कमिशनको खेलमा फेरि ४ अर्ब तिर्नुनपर्ने अवस्था सृजना गरे ।

क्याबिनेटबाटै निर्णय गरी डेडिकेटेड र ट्रंकलाइनबारे जाँचबुझ गठन गर्ने नाटक मञ्चन भएको छ । जगदम्बा ४ अर्ब पच पार्न यसरी नै लागेको छ । उसले अब प्रिमियममा आइपीओ ल्याउने तयारी गरेको छ ।

जगदम्बाले अंकित मूल्यमा प्रति कित्ता २०० रुपैयाँ प्रिमियम जोडेर २ करोड ७० हजार कित्ता आइपीओ निष्कासनाक लागि १७ असोजमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आइपिओको लागि निवेदन दिएको कम्पनी नाफामा देखाइएको छ । त्यसमा डेडिकेटेड र ट्रंकलाइनवापत् बुझाउनुपर्ने ४ अर्बबारे के उल्लेख छ या छैन भन्ने गम्भीर प्रश्न उठेको छ ।

जगदम्बा स्टिल पटक पटक विवादमा आइरहेको छ । यो कम्पनीले गुणस्तरहीन स्टिल बनाएकोमा कारबाही नै भोगेको थियो । कम्पनीका मालिक साहिल विभिन्न काण्डमा परिसकेका छन् ।

प्रतिक्रिया