३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सहकारी डुब्दा खरबौं जोखिममा, प्रमुख दललाई चुनावमा झड्का लाग्नसक्ने


January 7, 2024
1.2k
Shares

काठमाडौं, २२ पुस । यतिबेला सहकारी ठगी प्रकरणले सर्वसाधारणको खरबौं रकम जोखिममा परेको छ । एउटै सहकारीले १० अर्बभन्दा माथि डुबाइदिएका छन् सर्वसाधारणको । त्यस्ता सहकारीका सञ्चालक राजनीतिक दलका नेता कार्यकर्ता नै बढी छन् । कतिपयलाई शीर्ष नेताहरुकै संरक्षण प्राप्त छ ।

देशभर जोखिममा परेका सहकारीमा सर्वसाधारणले उजूरी गरेका छन् । सामान्य ज्यादारी गर्ने देखि नांग्ले पसल थाप्ने र बाटोमा सामान बेच्नेहरुको समेत रकम डुबेको छ । कतिपयको जग्गा बेचेको करोडौं रकम डुबेको छ । हजारौं जनशक्ति सहकारीको डुबेको रकम फिर्ता लिन हरेक दिन प्रहरी प्रशासन धाइरहेका छन् ।

सहकारीमा रकम डुबाउने गिरोहमा अधिकांश नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नै छन् । कतिपय त जनप्रतिनिधि नै छन् । उनीहरुको संरक्षणमा प्रभावशाली नेता नै लागेका छन् । यसले सर्वसाधारणमा आक्रोश बढाएको छ । यसको असर चुनावमा पर्ने देखिइसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने समेत पोखरा मुकाम रहेको सहकारी प्रकरणमा मुछिएका छन् । उनले यसको खण्डन गरेपनि सहकारीबाट रकम लिएको तथ्यहरु खुलेको छ । यसले पनि उनलाई झड्का लाग्ने देखिएको छ ।

सहकारीमा पैसा नडुब्ने व्यक्ति कमै छन् । त्यस्ता सहकारी पार्टीका स्थानीय देखि केन्द्रसम्मका हर्ताकर्ता सञ्चालक भएर खुलेका हुन् । यसरी रकम डुब्दा पनि राज्यले जिम्मेवारी नदेखाएकोमा असन्तुष्टि व्याप्त छ । यसको असर आगामी चुनावमा देखिनसक्छ । प्रमुख दललाई नै झड्का लाग्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया