२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतको अनुदान सहयोगको विरोध गर्ने कम्युनिस्ट नेता र केही नागरिक अगुवाको विमलेन्द्र निधिद्वारा आलोचना


January 6, 2024
249
Shares

काठमाडौं, २१ पुस । भारतले सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि अनुदान सहायता सम्बन्धी सहमति अनुसार ५ करोडबाट २० करोड पुर्याएकोमा विरोध गर्ने कम्युनिस्ट नेता र केही नागरिक अगुवाको नेपाली काँग्रेसका पूर्वउपाध्यक्ष विमलेन्द्र निधिले आलोचना गरेका छन् । उनले शनिबार प्रेस विज्ञप्तिमार्फत् त्यस्ता नेता र समाजका अगुवाले विगतमा आफ्नो प्रभाव क्षेत्रमा त्यस्तो अनुदान सहयोग लाने र अहिले आएर विरोध गर्ने गरेर द्वैध चरित्र देखाएको बताएका छन् ।

निधिले नेपालको विकासमा भारत सरकारको सदासयताको समर्थन गर्ने बताएका छन् । भारतले २ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिदै आइरहेकोमा परियोजना छनौट र स्वीकृतिका लागि शुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय सरोकारवाला मन्त्रालय र अर्थमन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहँदै आएको निधिको भनाई छ । उनले ५ करोडबाट अनुदान बढाएर २० करोड पुर्याएको मात्र हो भन्दै भारत सरकारले मनमौजी ढंगबाट गर्ने सम्झौता भएको भन्नु आधारहिन र झुठो हुने बताए ।

प्रतिक्रिया