न्यायालयमा घुसकाण्ड, सेटिङ हुँदै हनिट्रयाप
नेपाली पेन, १७ पुस । देशमा माफिया शैलीमा आफ्नो स्वार्थपूर्ति गर्नेहरु अदालतमा समेत प्रभावशाली बन्दै गएका छन् । उनीहरु अदालतलाई आफू अनुकूल चलाउनका लागि साम, दाम, दण्ड भेदको रणनीति अपनाउन थालेका छन् । पछिल्लो समय हनी ट्रयापको अस्त्रबाट न्यायाधीशहरुलाई स्वार्थको चंगुलमा पार्न थालेका छन् ।
सर्वोच्चका एकजना न्यायाधीशको नाम जोडिएको “हनिट्रयाप” शीर्षकको अडियो कुराकानी चर्चामा छ । सर्वोच्चका बहालवाला न्यायाधीशमध्ये प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाश राउत र सपना मल्ल कल्याण-अग्नि-सुशीलाको समूहले न्याय परिषदको गठन नहुँदै संविधानविपरीत नियोजित रूपमा सेटिङमा मध्यरातमा नियुक्ति गरेका हुन् । यो नियुक्ति नेपालको न्यायिक इतिहासमा सर्वाधिक आलोच्य रह्यो । यो नियुक्तिले दलका कार्यकर्तालाई भागबन्डामा प्रधानन्यायाधीशको रोलक्रममा राखी अदालतमा हुल्यो ।
न्यायपालिका र कार्यपालिका दुवैको प्रमुखमा खिलराज रेग्मीको नियुक्तिपश्चात् गुमेको न्यायिक स्वतन्त्रतालाई कल्याण नेतृत्वको समूहले रसातलमा पुर्याउने काम गर्यो । जुन शक्तिले खिलराज काण्ड घटायो त्यही शक्तिले कल्याणको हातबाट न्यायिक स्वतन्त्रता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पाउमा चढायो । ओलीकै कार्यकालमा कल्याणको पदचाप पछ्याउँदै उनका उत्तराधिकारी चोलेन्द्रले प्रकाश ढुङ्गाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकूल सुवेदीको नियुक्ति सेटिङ, भागबन्डा र लिलाम बढाबढमा गरे । हाल विवादमा आएका तिलप्रसाद भने दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएको मौकामा एकल नियुक्ति पाएका हुन् । नवप्रवेशी विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल भने अहिलेको न्याय परिषदद्वारा नियुक्त भएका हुन् । न्यायिक वृत्तमा डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ उत्तममा गनिन्छन् । यद्यपि डा. भट्टराईको नियुक्ति कल्याण श्रेष्ठको कारण विवादित रह्यो ।
को हुन् नवराज थपलिया
घुसकाण्डहरुले बदनाम चोलेन्द्र नेतृत्वको न्याय परिषदले सिफारिसहरूमध्ये विवादित नामहरू मनोजकुमार शर्मा, हरि फुयाँल, कुमार रेग्मी, नहकूल सुवेदी हरूमध्ये सर्वाधिक विवादित नाम नवराज थपलिया हो । थपलिया अखिल पाचौँ तर्फबाट नेपाल ल क्याम्पस स्ववियुका पूर्व सभापति हुन् । वकीलको लाइसेन्स लिएपनि उनले एमाले राजनीति र कानूनव्यवसाय दुवैमा भविष्य देखेनन् र अपनाए दुवैभन्दा भिन्न पेसा । उनको मुद्दाको दलाली यति फस्टायो कि यसैमा कुख्याती कमाए । पृष्ठभूमि एमाले भएपनि थपलियाले काँग्रेस नेता कृष्णप्रसाद सिटौला, सर्वोच्चका तत्कालीन न्यायाधीश मोहनप्रकाश सिटौला र तत्कालीन न्याय परिषद सदस्य रामप्रसाद सिटौलाको परिवारमा सम्बन्ध बनाउन सफल भए ।
सिटौलाका ज्वाइँ भएपछि यिनको पहुँच र दबदबा नेता र न्यायपालिकामा राम्रै रह्यो । यिनी सुरुमा अखिल पृष्ठभूमिका न्यायाधीश, तिनका नातेदार र आफन्तसँग पहुँच पुर्याइ न्यायाधीश र न्यायसेवाका उच्च पदस्थ कर्मचारीको घरघरमा उपहार बोकी धाउने गरे । यसै क्रममा यिनको भेट नामूद बीचौलिया नारायण दाहाल र जयनारायण पौडेलसँग भयो । यिनैमार्फत मनोजकुमार शर्मासँग मित्रता बढाए । प्रधानन्यायाधीशको लाइनमा रहेका गोपाल पराजुलीको नातेदार नहकूल सुवेदीसँग पनि यिनको घनिष्टता बढ्यो । यी दुवैको राजनीतिक र विवाहको पृष्ठभूमि समान भएकोले सुवेदी सर्वोच्चको मुद्दा शाखा प्रमुख भएकै बेलादेखि यिनीहरूको चलखेल फस्टाउन थाल्यो ।
पराजुली तुरुप पछारी सुवेदी न्याय परिषद सचिव र मुख्य रजिष्ट्रार भएपछि त यिनको बासै सुवेदीकै कार्यकक्षमा हुन्थ्यो । सुवेदीलाई भेट्न आउने कर्मचारी र न्यायाधीश यिनको सम्पर्कमा आउने क्रम बढ्यो । यिनको नेटवर्क पनि दिन दुगुना रात चौगुना बढ्न थाल्यो । पराजुली साइनो भँजाएर मुख्य न्यायाधीश हुँदै सर्वोच्च छिर्ने सुवेदीको योजनाबारे जानकार थपलियाको महत्त्वकांक्षा पनि बढ्न थाल्यो । उनी बीचौलियाबाट न्यायाधीशमा छलाङ मार्ने दाउमा लागे । सुवेदी नाताले गाडी दुर्घटनामा बितेकी पराजुलीकी माइली पत्नीकी भदै ९जेठानकी छोरी० को पति अर्थात साढु थिए ।
पराजुलीकी कान्छी पत्नी वसन्ताले सुवेदीलाई फुटेको आँखाले पन

