२३ भाद्र २०८१, आइतबार | September 8, 2024

२०७२ मा नेपालको जस्तै भूकम्प जाँदा पनि जापानका किन कम क्षति भयो


January 2, 2024
166
Shares

काठमाडौं, १७ पुस । नेपालमा २०७२ सालमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा झण्डै ९ हजारको मृत्यु भयो भने २२ हजार घाइते भए । हजारौं घरहरु भत्किए त्यतिबेला । स साना पराकम्प र भूकम्पहरु नेपालमा अझै जाने गरेको छ ।

जापानमा सोमबार साँझ ७.६ म्याग्निच्युडको भूकम्प गयो । नेपालमा ८ वर्ष अघि गएको भूकम्पभन्दा केही मात्र कम म्याग्निच्युडको भूकम्प गएपनि कम क्षति भएको छ ।
अहिलेसम्मको रिपोर्ट अनुसार १३ जनाको मृत्यु भएको छ । अधिकांश भवनहरु भत्किएनन् । नोटो पेनिनसुला नजिक गएको भूकम्पमा कम क्षति हुनुमा उसले भूकम्पलाई ध्यान दिएर पूर्वाधार निर्माण गर्नु र जनचेतना पनि कारण हो ।

सन् २०११ मा जापानमा यस्तै भूकम्प जाँदा १८ हजार ५ सयको मृत्यु भएको थियो । त्यसपछि उसले भूकम्पलाई ध्यान दिएर पूर्वाधार बनाउन थाल्यो । जनचेतना पनि चलायो । भूकम्पसँगै जिउने परिस्थिति जापानले विकास गरेको छ ।

भूकम्प गएको केही घन्टामै प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनिसकेको छ । मानिसहरु सडकमा ओहोरदोहोर गर्ने र नियमित काममा लाग्ने गर्न थालेका छन् ।

प्रतिक्रिया