३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड परिवारवादमा चुर्लम्म


December 31, 2023
913
Shares

समाचार विश्लेषण । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली सेनाको हेलिकोप्टर दुरुपयोगले विवादमा छन् । हेलिकोप्टरको दुरुपयोग गरी पारिवारिक काममा प्रयोग गरेको विषयले सामाजिक सञ्जाल तात्तिएको छ । उनी नवविवाहित नातिनीको घरमा हेलिकोप्टर लिएर पुगेको तस्बिरले धेरै सन्देश दिइरहेको छ ।

प्रचण्ड परिवारवादमा चुर्लुम्म डुबेका छन् । उनलाई परिवारले घेराबन्दीमा पारेको छ । सचिवालयमा छोरी गँगा दाहाल हावी छिन् । उनलाई विदेश भ्रमणमा निकै महत्वका साथ लगिन्छ ।

छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । रेणुका लागि प्रचण्डले अन्य दलका नेताहरुसँग राजनीतिक लेनदेनहरु गर्दै आएका छन् । उनी रेणुलाई आफू पछिको उत्तराधिकारी बनाउन चाहन्छन् ।

बुहारी विना मगरलाई विगतमा मन्त्री बनाए प्रचण्डले । तर, विना अहिले प्रचण्डको कोर ग्रुपबाट बाहिर पारिएकी छिन् छोरीहरुको कारण ।

पूर्वमाओवादी नेता तथा विश्लेषक मुमाराम खनालले त प्रचण्डको छोरीहरुको कुनै हैसियत नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाए । उनीहरु हावी भएकैले हरिबोल गजुरेलले सल्लाहकारबाट राजीनामा दिएर बालुवाटार छाडे ।

एनसेल प्रकरणमा प्रचण्डकी छोरी गँगा दाहालले भूमिका निभाएको विषय अमरेश सिंहले खोलेका छन् । प्रचण्डका ज्वाईँ र भाईहरु पनि बालुवाटारमा हावी छन् ।
विगतमा प्रचण्डको महत्वपूर्ण कामहरु छोरा प्रकाशले गर्थे । पत्नी सीता दाहाल प्रचण्डकै साथमा रहिरहन्थिन् । सीता दाहाल बिरामी परेपछि छोरीहरु हावी भए । सीताको निधनपछि त झन् गँगा प्रचण्डको सचिवालयमा हावी भएकी छिन् ।

विगतमा पुत्र मोहले प्रचण्डलाई समस्यामा पारेको थियो । प्रकाशले बहुविवाह गर्दा सर्वत्र आलोचना भयो । तर, प्रचण्डले त्यो घटनालाई सामसुम पार्न सके । प्रकाशको रहस्यमय मृत्यु भयो । अहिले गँगा दाहाल अरबौंको काण्डमा मुछिएकी छिन् । यो प्रकरणले भने प्रचण्डलाई निकै आलोचित बनाएको छ । उनी परिवारमोहमा चुर्लुम्म डुबेका छन् ।

प्रतिक्रिया