३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सगरमाथा राष्ट्रीय निकुन्जको जग्गा व्यक्तिका नाउमा दर्ता गराउने भ्रष्टलाई प्रधानन्यायाधीश बनाउने ?


December 29, 2023
4.1k
Shares

ध्रुव श्रेष्ठ: वकिलहरुको छाता संगठन भ्रष्ट प्रधानन्यायाधीशलाई राजिनामा दे भनेर उसैलाई भ्रष्ट्राचारको कारवाहीवाट जोगाउने र सगरमाथा राष्ट्रीय निकुन्जको जग्गा व्यक्तिका नाउमा दर्ता गराउने अर्को भ्रष्टलाई प्रधानन्यायाधीश वनाउने , न्यायाधीशहरु हडताल गरेर तलव खाएर वस्ने, कोही आफ्नै नियुक्ति विरुद्ध परेको मुद्दा लाउकेहरुले दर्ता हुन नदिएकोमा जॅुगा मुसारेर वस्ने, संविधान कानून मिचिएको विषयमा मठाधीश वकिलहरु मुखमा आलु कोचेर वस्ने, तिन्का मुखवाट खसेका आलुका टुक्राहरु हात थापेर खानेहरु लुरुलुरु तिन्कै पछि लागेर भजन गाउॅदै हिंड्ने, वार काउन्सिल (सिण्डीकेट विरोधिहरुलाई वकिल हुन नदिन तिन्लाई पढाउने युनिभर्सिटिको पाठ्यक्रम नै मान्दिन भन्दै संवैधानिक ईजलाशको आदेश पनि नटेर्ने, न्यायपरिषद को गठन वेगर कानून मिचेर नियुक्त भएकाहरुको हैकम चलिरहेको सर्वोच्च अदालतमा पदोन्नतिवाट सर्वोच्च पुगेका एकाध क्षमतावान न्यायाधीशहरुले धान्लान कि न्यायपालिकाको धर्म भन्ने झिनो सम्भावना कहीं कतै रहे जस्तो देखिएको यो दुरुह अवस्थामा एकार्कालाई सिध्याउने होडमा न्यायपालिका भित्र भैरहेको गुटवन्दिको पटाक्षेप संचार माध्यममा जसरी सार्वजनिक भएको देखियो यस्ले हाम्रो न्यायपालिकालाई भित्र वाहिर सवैतिरवाट- “राम तेरी गंगा मैली” भनिए जस्तो वनाईयो, त्यसैले हामिले लेख्ने र वोल्ने गरेका छौं की, यो न्यायपालिकाको भ्रष्ट संरचनानै पूर्णतः ध्वस्त गरेर नयॅा संरचनावाट न्यायपालिकालाई स्वच्छ वनाएर उठाउनु पर्छ , यस्को कुनै विकल्प नै छैन, यो अति नै भयो !
(सत्य र न्यायको खोजी अभियान)

प्रतिक्रिया