रुकुममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं, ५ पुस । भूकम्पपीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा पाँचजनाको मृत्यु भएको छ । बिहिबार विहान राडीबाट घर्तीगाउँ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर तिरिकोटको घुम्तीमा दुर्घटनामा परेको हो ।
जिल्लाको आठबिसकोट नगरपालिकाको कार्यालयबाट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणमा सामान ओसारपसारमा ट्याक्टर प्रयोग भएको थियो ।
प्रहरीका अनुसार घटनामा मृत्यु हनेहरुमा आठबिसकोट नगरपालिका १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी पत्नी ४२ वर्षीया चुकी शाही छन् । त्यस्तै ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेको रुकुम पश्चिम प्रहरी कार्यालयले जनाएको छ ।