जनतालाई “सरी” भन्नु पर्दैन् नेताज्यू ??
आकृति रायमाझी । काठमाडौं, ४ पुस । देशका लागि सोचिदिने नेता सकिएछन् । देशको समस्याहरू सकिएका होइनन् केबल देश मेरो हो र देश बनाउनु मेरो कतव्र्य हो भनरे लागि पर्ने नेता सकिए । नेताहरुको घरपरिवार बन्यो विचरा मेरो देश बन्न सकेन् । देश बनाउने बिचराहरुमाथि छलफल गर्ने,विश्लेषण गरी ग्रहण गर्ने र राष्ट्र,राष्ट्रियता अनि एकताको भावना निर्माण गर्ने कार्य अघि सार्ने नेता कोही भएनन् ।
व्यक्तिगत स्वार्थपूर्ति गर्नका लागी ठुला–ठुला नेताहरुले पार्टीलाई कहिले एकजुट गराए त कहिले फुट गराए भने राजनीतिक पार्टीलाई, पार्टीकै बिचारबाद एजेन्डा विपरीत प्रयोग गरेका छन् । देशलाई द्रुतगतिमा लैजाने लक्ष्य, नीति, रणनिति र गतिविधिहरूका बारेमा सोचि दिने नेता कोही छैनन् ।
जनयुद्धका हीरो प्रचण्ड र कांग्रेसका स्तंभ मानिने नेता शेरबहादुर देउबालाई एउटा प्रश्न शोध्न मन लागेको छ–सरकार र कुर्सीको लागी गठबन्धन गर्न दलको विचार, धार र वादले रोक्दैन र यति सजिलोसँग गठबन्दन सम्भव थियो भने २०५८ मा नै गठबन्धन किन गर्नु भएन ? तपाईहरु लगायतका नेताहरुको सत्ता मोहले देश आज यति पीछडिएको छ । युवा विदेशिन बाध्य छन् । देश कंगाल हुन लागि सक्यो तर आर्थिक रणनीति बनाउने वा समाधान खोझ्ने कुनै नेतालाई मतलब छैन् बरू यही आर्थिक मन्दीलाई राजनीतीकरण गर्छन् । नेताले प्रयोग गर्ने गाड़ी, दर्जनौ सुरक्षाकर्मी, नेताको पारिवारिक भोज, स्वास्थ्य उपचारको लागि भनेर हामी जनता सँग अस्वाभाविक कर उठाउँदा तपाइले जनतासंग माफि माग्नु पर्दैन् ? जनयुद्धमा परिवर्तन हेतु तेत्रो मानिसले ज्यान गुमाए, के का लागि नेताज्यू ? तपाईहरुको स्वार्थी राजनीति ?? २०६३ को आन्दोलनमा हामिलाई परिवर्तन र चौतर्फी विकासको झुठा आश्वाशन दिएर झुक्काउनु भयो अनी आफ्नो घर र जीवनशैली मात्र परिवर्तन गर्नु भयो ।
कांग्रेसको सरकारले जसलाई अपराधी करार गरेर शिरको मोल १० लाख राखेको थियो आज त्यही व्यक्तिसंग सरकारमा बसेर सहकार्य गर्दा के कांग्रेसको मार्गचित्र democratic opportunist marxism र माओवादीको any opportunist ism for power मा परिणत भएको हो त ? ए नेताज्यू, तपाईले २०५८ मा नै किन गठबन्धन गर्नु भएन ? आखिर तपाईहरूलाई चाहिएको कुर्सी नै त हो, व्यवस्था जुन सुकै होस् । २०५८ मै यो कुर्सी बॉडफाँट गरेको भए देशमा अशान्ति त हुदैन थियो । हाम्रा दाजु भाईले ज्यान पनि गुमाउनू पर्दैन थियो । अनि तपाईहरुले जनतालाई सरी भन्नु पर्दैन नेताज्यू ? जनयुद्धकालिन इतिहासलाई वर्तमानमा बिर्सिन वा बदल्न चाहने केही ठुला नेताले भविष्यमा व्यहोर्नु पर्ने दुर्घटनाको अनुमान गर्न विर्सनु हुदैन । अहिलेको भ्रम यथार्थ जस्तो लाग्ला तर कालन्तरमा धेरैकुरा खुल्दै जानेछन् । यथार्थ विमुख भई हाल मिलीजुली शासन गर्नेहरू शासनका नाममा औपचारिक बिशेषाधिकारको दोहन गर्न उत्सुक छन्।
सरकारमा र सरकार निकट बसेर लाभ प्राप्त गर्नेहरू जनताका पीडालाई सजिलै वेवास्ता गर्छन । यो सरकारलाई बिकास होइन् सस्तो लोकप्रियता चाहिएको छ। नेताज्युहरु भ्रष्टाचार निवारणको भाषण गर्न थाक्न हुन्न तर ncell को त्यत्रो ठुलो संगठित ठगी र भ्रष्टचारमा तपाईहरु कै परिवारको सदस्यको नाम पटक–पटक पोलिदा तपाई नसुनेको जस्तो गर्नुहुन्छ ! देशमा गरिखाने वातावरण बनाईदिनु हुन्न अनि इजरायल लगायतका मूलुकमा २–४ पैसा कमाउने आशमा बिदेसिन बाध्य भएका युवा आतंकवादी हमलामापरी ज्यान गुमाउदा छिमेकी देशले उद्धार गर्दिनु पर्छ। नेताज्यू तपाई भने सहानुभूति समेत देखाउनु हुन्न उल्टई नसोधी जानेहरुको जिम्मा लिन सकिदैन भन्नूहन्छ । नेपाली जनताले तपाईहरु सबैको जिम्मा लिएर त बिदेसिन बाध्य छन् । राज्यशक्ति प्रयोग दुरुपयोग गरेर भएपनि आफ्नो ब्यक्तिगत स्वार्थ, रिसीबी, दम्भ पूरा गर्न भने कुनै ठाउँ बाँकी छैन् । यो सरकारलाई आफूले गरेको अपराध चाँही न्यायको लडाई जस्तो लाग्छ । मीटरब्याज बिरुद्ध जनताले आवाज उठाउँदा यो सरकार भन्दा फरक आवाज उठाउने बित्तिकै समाज विरुद्धको आतंक हो भनेर प्रहरीले बिना कारण प्रमाण थुनामा हाल्दिने गरेका छन् । के जन गणतन्त्र भनेको यही हो ? बरू राजाको शाशनमा बोल्न त पाइन्थ्यो । जनताको शासन भन्ने तर संसद भवन, सिंहदरबार र सरकारी निकाय जनताको लागी नै निषेध गर्ने ?? संसद चलिरहेको बेलामा जनताले चित्त नबुजेको कुरा संसदमा प्रवेश गरेर प्रश्न उठाउँन नहुने ? यो कसरी जनगणतन्त्र भयो ? यो त नेता तन्त्र भयो नि ! यसरी सामाजिक चेतना नै पतन हुने गरी शोषक झै जनताको आवाज दबाइ मुर्खहरूले शासन गर्दा के देश बन्ला त ?
नेपाल संकुचित नकारात्मक र स्वार्थी सोचको शिकार हुन पुगेको छ । अल्पज्ञान र पाखण्ड नै नकारात्मकताको मुख्य कारक बन्न पुगेको छ । हाम्रो देशमा बृद्ध भैसकेका युवा नेताहरुमा देशभक्ति मरिसकेको छ । मानवता मरेको छ । नैतिकता हराएको छ । नितान्त व्यक्तिवादी भइसके । अवसरवादी भइसके । राजनीतिको डोरीले जनतालाई बाधेर यो समाजमा शासन चलाएका छन् ।
नेताले गरेका अपराध महानता हो भन्ने सोच बोकर हिडेका धेरै नै कार्यकर्ता छन् । नेपालको राजनीतिको चित्र २०६३ पछि यही होइन र ? हामी जनताले पनि त पुरानो कोट सजिलै फ्याँक्यौं तर सुहाउँने नयाँ कोट अझ सिलाउन सकेका छैनौं । जाडोमा नाँगो हुने डरले पुरानो कोट नै फेरी खोजी रहेका छौं ।
‘शक्ति प्राप्ति’लाई लक्ष्य बनाउने र शक्तिको प्राप्ति गर्ने खुट्किला राजनीतिलाई बनाउने सरकार दिगो हुदैन् । राजनीतिको यो लामो भ¥याङ्ग आजकल पैसाले छोटो गरिदिएको छ। त्यसैले त सांसदको टिकट कि त ब्यापारी की त एनआरएन ले पाउछन् । सरकारमा बसेर पैसा ‘गलत धन्दाबाट’आर्जन गर्न छिटो र सजिलो हुन्छ रे । गृह प्रसाशन नै हेरौं न; एयरपोर्टबाट गृह, अध्यागमन र प्रहरीलाई जानकारी नै नभई सुन तस्करी सम्भव होला त? विचरा भारत, खाड़ी कतारबाट काम गरेर ल्याएको २–४ जोर कपड़ा र टीवी मा त RC रेड च्यानल खतरा लेख्या हुन्छ। सुन ओसरपोसर कसरी छट्यो? हालसालै गृहका कर्मचारीको संलग्नतामा कतारमा हुने कामदार महिलाको तस्करी बहिरियो । कस्तो लज्जास्पद कुरा ! गृहमन्त्रीज्यूको स्वाथ्य लाभको कामना गर्दै केही समय बिदा लिन आग्रह गर्दछु । देश बिरामी छ अलि फुर्तीलो गृहमन्त्री चहिएको छ । भ्रष्ट्राचारलाई नेपालीले आफनो दैनिक जीवनको सामान्य पाटो मानिसकेका छन् । भ्रष्ट्राचार गरे पनि काम भए त हुने, भन्ने धारणा विकास भई सक्यो । समाजलाई यसरी नैतिकताहीन जत्थामा रूपान्तरण के ले गर्यों?? मेरो बुझाईमा २०६३ पछिको हुलको राजनीतिले बैचारिक राजनीतिलाई ध्वस्त पारेको छ । अहिले नेपालमा विचारको अभाव छ, शून्यता छ । विचारको शुन्यता हुदाँ विकासको लक्ष्य, रणनीतिको निर्देशन कसरी दिने ?
उदाहरणका लागी कानुन ब्यवसायी हुन ५ बर्ष दिनरात मेहनत गरेर पढ्नु पर्छ तर देशको संबिधान र कानुन बनाउन पढ़ाईलेखाई नै नचाहिने । कस्तो बिडम्बना ! विकास गर्ने हैन् विकास बाढ्ने चलन बसिसक्यो। भ्रष्ट्राचार यति विकराल समस्या बनिसक्यो भ्रष्टाचार भ्रष्टाचार जस्तो नै लाग्दैन् । भ्रष्टाचार निवारण गर्ने निकायका प्रमुखलाई सकेसम्म कटपुतली बनाउन खोजिन्छ, बनाउन सकिएन भने की त २०७३ मा गरे झै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ऐन नै संसोधन गरेर प्रमुख आयुक्तलाई कमजोर बनाईन्छ वा महाभियोग भन्ने अस्त्र प्रहार गरिन्छ नत्र कुनै न कुनै मुद्दामा बदनाम गराएर कमजोर बनाउने प्रयास गरीन्छ । लोकमान सिंह कार्कीले maoist cantonment को फाइल खोल्छु भनेकोले पद गुमाए, चोलेन्द्र शमशेरले ncell को कर छली, संक्रमणकालिन न्याय र ललितानिवासको मुद्दा हेर्न खोज्दा उनीबिरुद्ध महाभियोग नै दर्ता भयो, हालका अख्तियार प्रमुख राइले केही ठुला नेतालाई कारवाही गर्लान भन्ने डरले काम नै गर्न वातावरण दिईदैन् । एआईजी बिश्व पोखरेलको मुद्दा देखि प्रहरीमा seniority culture को पनि खिल्ली उडिसक्यो bootlicking culture मात्र हाबी छ, केही निर्भीक प्रहरीले अनुसन्धान गर्लान् भन्ने डरले हतार–हतार सरुवा गराइन्छ र आफुनिकट प्रहरी ल्याउने चलन छ । केही निष्पक्ष न्यायधीसलाई काम कम हुने जिल्ला धकालिन्छ भने स्वच्छ छबिका राम्रो काम गर्ने भनेर समाजले प्रशंसा गरेका सचिब की जगेड़ामा की बिना बिभागीय वा रास्ट्रपति कार्यालयमा थन्किनछन् । यसरी लोकसेवा पास गरेर राज्यका प्रमुख पदमा बसेका पदाधिकारीहरुले पनी मन्त्री, प्रधानमन्त्री र उनका निकट भन्नेले गल्ती गर्दा, देशलाई बेवास्ता गर्दा हरेक पटक सहेर बस्नू भयो, तपाइलाई मात्र हैन राज्यलाई नै अन्याय भएन ? जस्तो अपमान पनि सहेर बस्ने ?
नेपाली समाज अनुशासनहिनता र अराजकताको चरम सिकार भइसकेको छ र राजनीतिकर्मीले यस अराजकताबाट प्रशस्त लाभ उठाएको छ । मूलतः विकासका बाहिरी गतिविधि देखाउने दाँतमात्र बनेका छन् । राज्यका औपचारिक निकायहरू सबै अराजकता र नेताबाट पीडित छन् । यसरी मनलागि हिसाबले सरकारी संयन्त्र बिगर्दा तपाइले जनतालाई सरी भन्नु पर्दैन??
नेताज्यू अब पनि तपाईंहरुले आफनो पारा नबदल्ने हो भने श्रीलंकामा झै नेता बिरुद्ध बिद्रोह हुने संभावना छ । भावी पुस्ताले समेत गाली गर्नेछन् । राजनीतिलाई देशको स्वार्थ अनुरूप संचालन गर्ने आत्मबोध गर्ने र मेरो देश बनाउछु भन्ने जिÞद्दी गर्ने मेयर बालेन शाह जस्ता नेतृत्व राजनीतिमा उदय हुनु आवश्यक छ । वर्तमानको निर्माण र स्वच्छता नै उन्नत भविष्यको आधार हो । अझैपनि समय छ, परिवर्तन सम्भव छ ।
(लेखक रायमाझी अधिवक्ता हुन् ।)